नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको बस र ट्रक ठोक्किदा दुईजनाको मृत्यु, ३२ घाइते

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन १३, २०७५
|
|
४४ पटक हेरिएको
Shares
नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको बस र ट्रक ठोक्किदा दुईजनाको मृत्यु, ३२ घाइते

सारांश

  • नवलपरासी ।
  • पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती–१६ मा आज शनिबार बिहान बस र ट्रक ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने ३२ घाइते भएका छन् ।
  • बिहान साढे ३ बजेतिर बस र ट्रक एकापसमा ठोक्किँदा दुईको मृत्यु भएको हो ।

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती–१६ मा आज शनिबार बिहान बस र ट्रक ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने ३२ घाइते भएका छन् ।

बिहान साढे ३ बजेतिर बस र ट्रक एकापसमा ठोक्किँदा दुईको मृत्यु भएको हो । दुर्घटनामा घाइतेमध्ये ११ को अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।
नेपालगञ्जबाट काठमाडौँका लागि छुटेको ना७ख ५६२९ नं को बस विपरीत दिशाबाट जाँदै गरेको ना६ख ७७१९ नं को ट्रकसँग ठोक्किँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा परी बसचालक बाँके कोहलपुर नगरपालिका–४ का २३ वर्षीय सुरज विक र कपिलवस्तुका २४ वर्षीय लक्ष्मण थारूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका ११ को भरतपुरमा, चारको मध्यविन्दु अस्पताल डण्डा र १७ को कालिगण्डकी अस्पताल कावासोतीमा उपचार भइरहेको छ । दुर्घटनास्थलमा अहिले सडक अवरुद्ध भएको छ । घाइतेको विवरण आउन बाँकी रहेको छ ।

(https://conversionwise.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धरानमा मापदण्डविपरीत सञ्चालित ३५ औषधि पसलमा कारबाही
धरानमा मापदण्डविपरीत सञ्चालित ३५ औषधि पसलमा कारबाही
प्रधानमन्त्रीको भ्रमणको बारेमा थाहा नभएकालाई नबोल्न प्रम ओलीका सल्लाहकारको सुझाव
प्रधानमन्त्रीको भ्रमणको बारेमा थाहा नभएकालाई नबोल्न प्रम ओलीका सल्लाहकारको सुझाव
निगमको प्रथम वाइड बडी जहाज आज पहिलोपटक बिमानस्थलमा अवतरण
निगमको प्रथम वाइड बडी जहाज आज पहिलोपटक बिमानस्थलमा अवतरण
उत्तर कोरियाको ७०औं वार्षिकोत्सव, परेडमा क्षेप्यास्त्र देखाइन
उत्तर कोरियाको ७०औं वार्षिकोत्सव, परेडमा क्षेप्यास्त्र देखाइन
महायज्ञ: चौथो दिन सम्म पौने चार लाख संकलन
पाँच लाख नगदसहित १३ जुवाडे पक्राउ
पाँच लाख नगदसहित १३ जुवाडे पक्राउ
मेटिन्न तिम्रो तस्विरमा रोमान्टिक अनिल र आश्मा
मेटिन्न तिम्रो तस्विरमा रोमान्टिक अनिल र आश्मा
रक्सी, मासु र पैसाले मतदाता प्रभावित बनाइँदै छ : दाहाल
रक्सी, मासु र पैसाले मतदाता प्रभावित बनाइँदै छ : दाहाल
न्यायालयमा भ्रष्टाचार नियन्त्रण गर्न र न्यायाधीशहरुको सम्पत्ति सार्वजनिक गर्न तत्काल कानून ल्याउँछु : कानूनमन्त्री तामाङ्
न्यायालयमा भ्रष्टाचार नियन्त्रण गर्न र न्यायाधीशहरुको सम्पत्ति सार्वजनिक गर्न तत्काल कानून ल्याउँछु : कानूनमन्त्री तामाङ्
मतदान केन्द्र नजिकै राखिएको बम निष्क्रिय गरियो
मतदान केन्द्र नजिकै राखिएको बम निष्क्रिय गरियो