अचम्मको समुद्री जीव नरवाल, सिङ नै ९ फिट लामो

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ५, २०७६
|
|
१९ पटक हेरिएको
Shares
अचम्मको समुद्री जीव नरवाल, सिङ नै ९ फिट लामो

सारांश

  • नरवाल ठूलो स्तनधारी जनावर हो ।
  • जसको मुख अगाडी हात्ती जस्तो दाँत हुन्छ ।
  • यो निकै चुच्चोे हुन्छ ।

नरवाल ठूलो स्तनधारी जनावर हो । जसको मुख अगाडी हात्ती जस्तो दाँत हुन्छ । यो निकै चुच्चोे हुन्छ । यसलाई एकसिङे स्तनधारी जनावर भनिन्छ ।नरवाल विशिष्ट प्रकृति र दुर्गम आन्द्र महासागरमा बसोबास गर्छ । यसको नाम मिश्रित रुपमा रहेको छ । नरवलको वैज्ञानिक नाम मोनोडोन मोनोसेरोस हो । जसको अर्थ ल्याटिनमा “एक दाँत, एक सिङ रहेको छ । नरवाल र बेलुगा एउटा प्रजाति बाट आएको हो । जसलाई दाँत भएको व्हेल भनिन्छ । यो निकै अचम्मको प्राणी देखा परिन्छ ।

यसको अगाडिको सिङले पृथक बनाउँछ । नरवाल प्रजातिको भालेमा मात्र सिङ हुन्छ । यसको आकार करिब १५ फिट लामो र तौल १६०० के जी सम्म हुने गर्छ यसको सिङ करिब ९ फिट सम्म ठुलो हुने गर्छ । सिङ एकदम सिधा आकारको हुने गर्छ । यसको भित्र कुनै दाँत हुँदैन ।

नरवाल पोथीहरु भालेको तुलनामा निकै सानो हुने गर्छ । यसको तौल १००० के जी सम्म हुन्छ । लम्बाई १३ फिट सम्म हुन्छ । सिङ यसको बचाऊका लागि र खाना सजिलै पाउनको लागि प्रयोगमा आउाछ । जसले समुन्द्री बरफ फुटाउन र आहारलाई समात्न सजिलो हुने गर्छ । नरवालको पोथी भालेभन्दा निकै लामो समय बाँच्ने गर्छन । यसको सिङमा निकै मात्रामा स्नायु हुने गर्छ । यसले वातावरणको परिवर्तनलाई अनुभव गर्ने काम गर्छ ।

नरवलको आकार गोलो रहने गर्छ । यस्तो प्रजातिहरु आर्टिक सागरमा देखा पर्ने गर्छ । गर्मी मौसममा क्यानाडा, नर्वे, ग्रीनल्यान्ड र रुसको किनारहरुमा देखा पर्ने गर्छ । सागरको निकै गहिराईमा गएर करिब ४५०० फीट पौडिने र रमाउन गर्छन् ।
नरवल समूहमा बस्न रमाउछन् । यीनीहरु २० को संख्यासम्मको समूहमा हुने गर्छन् । नरवालको औसत आयु ४० देखि ५० वर्ष सम्म हुने गर्छ । ४ देखि ७ बर्ष पोथीले बच्चा जन्माउन सक्छन् । सम्पर्क अप्रिलको महिनामा सुरु हुनेगर्छ । सम्पर्कका लागि लडाईं गर्नुपर्छ

(chris180.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विहान बालुवाटारमा परामर्श, साँझ ललितपुरमा ३० नेतासँग प्रचण्डको छलफल
लुटेराकाे कुटाइबाट एक जनाकाे मृृत्यु
लुटेराकाे कुटाइबाट एक जनाकाे मृृत्यु
महिलाको कोठामा मृत बालक !
महिलाको कोठामा मृत बालक !
संक्रमणकालको अन्त्यसँगै मुलुक समृद्धिको दिशामा : उपप्रधानमन्त्री महरा
संक्रमणकालको अन्त्यसँगै मुलुक समृद्धिको दिशामा : उपप्रधानमन्त्री महरा
मिलेर देश बनाउन सक्छौँ र बनाउँछौँ : प्रधानमन्त्री (सम्बोधनको पूर्णपाठ)
मिलेर देश बनाउन सक्छौँ र बनाउँछौँ : प्रधानमन्त्री (सम्बोधनको पूर्णपाठ)
ऐन मात्र बन्दैमा शिक्षा क्षेत्र परिर्वतन हुदैन, यर्थाथमा पैसा नै चाहिन्छ
ऐन मात्र बन्दैमा शिक्षा क्षेत्र परिर्वतन हुदैन, यर्थाथमा पैसा नै चाहिन्छ
आमिर खानकी छोरीले स्वीकारिन् प्रेम सम्बन्ध, को हो प्रेमी ?
आमिर खानकी छोरीले स्वीकारिन् प्रेम सम्बन्ध, को हो प्रेमी ?
कांग्रेस महासमिति बैठक लम्बिने संकेत
कांग्रेस महासमिति बैठक लम्बिने संकेत
आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै
आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै
सिंगापुरमा प्रधानमन्त्रीको ‘प्लाज्मा फेरेसिस’ गर्ने तयारी, आवश्यक परे मिर्गौला प्रत्यारोपण
सिंगापुरमा प्रधानमन्त्रीको ‘प्लाज्मा फेरेसिस’ गर्ने तयारी, आवश्यक परे मिर्गौला प्रत्यारोपण

तपाईंले छुटाउनुभयो कि?