काठमाडौंमा ३ जना, ललितपुर र भक्तपुरमा एक-एक जनामा कोरोना संक्रमित थपिए

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ६, २०७७
|
|
४८ पटक हेरिएको
Shares
काठमाडौंमा ३ जना, ललितपुर र भक्तपुरमा एक-एक जनामा कोरोना संक्रमित थपिए

सारांश

  • काठमाडौं, ६ जेठ ।
  • आज थप २७ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
  • योसँगै नेपालमा संक्रमितको संख्या चार सय २ पुगेको छ ।

काठमाडौं, ६ जेठ । आज थप २७ जनामा कोरोनाको संक्रमण देखिएको छ । योसँगै नेपालमा संक्रमितको संख्या चार सय २ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित मिडिया ब्रिफिङका क्रममा यसबारेमा जानकारी गराएका हुन् ।

देवकोटाकाअनुसार हालसम्म पिसिआर विधिबाट परीक्षण गरिएको संख्या ३२ हजार ६ सय चार पुगेको छ भने आरडिटीबाट ७४ हजार ६ सय ४९ को परीक्षण गरिएको छ । हालसम्म चार सय ५७ जना आईसोलेशनमा रहेका छन् । नयाँ संक्रमितमध्ये काठमाडौं उपत्यकामा ५ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये काठमाडौं जिल्लामा ३ जना र ललितपुर र भक्तपुरमा एकरएक जना रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?