कांग्रेस महासमिति बैठक लम्बिने संकेत

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ३, २०७५
|
|
३६ पटक हेरिएको
Shares
कांग्रेस महासमिति बैठक लम्बिने संकेत

सारांश

  • काठमाडौं।
  • विधान संशोधन प्रस्तावका विषयमा सहमति जुट्न नसक्दा राजधानीमा जारी कांग्रेस महासमिति बैठक थप एक दिन लम्बिने देखिएको छ।
  • मंगलबार विधान संशोधन प्रस्तावको एजेण्डाले प्रवेश पाउने र महासमिति बैठक एक दिन लम्बिने बताइएको छ।

काठमाडौं। विधान संशोधन प्रस्तावका विषयमा सहमति जुट्न नसक्दा राजधानीमा जारी कांग्रेस महासमिति बैठक थप एक दिन लम्बिने देखिएको छ। मंगलबार विधान संशोधन प्रस्तावको एजेण्डाले प्रवेश पाउने र महासमिति बैठक एक दिन लम्बिने बताइएको छ। केन्द्रीय समितिले विधान मस्यौदा पारित गर्न नसक्दा महासमिति बैठक कर्मकाण्डी जस्तो मात्र हँुदै गएको छ। महासमिति बैठकमा छलफल गरी पारित गर्नुपर्ने विधान संशोधन प्रस्ताव केन्द्रीय समितिले पारित गर्न नसक्दा अन्तिममा विधान मस्यौदा पेस गर्ने र पर्याप्त छलफल नगरी अनुमोदन मात्र गराउने स्थिति देखिएको छ।

कांग्रेस केन्द्रीय समितिभित्रको किचलोले महासमिति बैठक समेत प्रभावित भएको छ । विधान मस्यौदा प्रस्ताव पारित गर्न केन्द्रीय समिति बैठक बस्नुपर्ने भन्दै सोमबार दिउँसो महासमिति बैठक घण्टौं स्थगित भएको थियो । केन्द्रीय समिति बैठक भने दिउँसो बस्दै नबसी राति बस्ने भन्दै स्थगित भएको थियो।
केन्द्रीय समितिले मंगलबार विधान संशोधन प्रस्ताव ल्याएमा महासमिति बैठकले विस्तृत छलफल गर्न अझै केही दिन समय चाहिन्छ।
महासमिति बैठकमा पेस गरिने एजेन्डा केन्द्रीय कार्यसमितिले पारित गर्नुपर्छ । केन्द्रीय समितिले विधान संशोधन मस्यौदा प्रस्ताव पारित गरेर मात्र हुँदैन। छपाइ कार्य समेत गरेर बैठकमा सहभागी १ हजार ६ सयभन्दा बढी सहभागीलाई वितरण गर्नुपर्छ । महासमिति सदस्यहरुले बँुदागत छलफल गर्नुपर्छ । अनि छलफलबाट आएको सुझावलाई एकीकृत गरी पुनः संशोधित विधान पारित गर्नुपर्छ।
विधान मस्यौदाबारे केन्द्रीय समितिले यसअघि नै दुई हप्ताभन्दा बढी छलफल गरिसकेको थियो । मस्यौदा समितिले केन्द्रीय समितिमा पेस गरेको मस्यौदामा केन्द्रीय कार्यसमितिको संख्या बढाइएको भए पनि पदाधिकारीको संख्या भने बढाइएको थिएन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?