आयश्यकता हेरेर स्थानिय चुनाबमा गठबन्धन गर्ने कङ्रेसको निर्णय

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १५, २०७८
|
|
२५ पटक हेरिएको
Shares
आयश्यकता हेरेर स्थानिय चुनाबमा गठबन्धन गर्ने कङ्रेसको निर्णय

सारांश

  • सत्तारुढ दल नेपाली कांग्रेसले आवश्यकता र परिस्थिति हेरेर स्थानीय तहको चुनावमा गठबन्धन गर्ने निर्णय गरेको छ ।
  • आज मङ्गलवार सकिएको केन्द्रीय समितिको बैठकले स्थानीय आवश्यकता र हार/जितको परिस्थिति हेरेर सत्तारुढ दलसँग गठबन्धन गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो ।
  • केन्द्रीय सदस्यहरूको सुझावका आधारमा देशैभरि नभइ आवश्यक ठाउँमा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चासँग तालमेल गर्ने निष्कर्ष निकालिएको प्रवक्ता महतले जानकारी दिनुभयो ।

सत्तारुढ दल नेपाली कांग्रेसले आवश्यकता र परिस्थिति हेरेर स्थानीय तहको चुनावमा गठबन्धन गर्ने निर्णय गरेको छ ।

आज मङ्गलवार सकिएको केन्द्रीय समितिको बैठकले स्थानीय आवश्यकता र हार/जितको परिस्थिति हेरेर सत्तारुढ दलसँग गठबन्धन गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो । केन्द्रीय सदस्यहरूको सुझावका आधारमा देशैभरि नभइ आवश्यक ठाउँमा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चासँग तालमेल गर्ने निष्कर्ष निकालिएको प्रवक्ता महतले जानकारी दिनुभयो ।

अहिले पनि देशका धेरै पालिकामा कांग्रेस नै बलियो रहेको र यसलाई अझै सहज र व्यापक बनाउन गठबन्धन आवश्यक रहेकोमा सबैजसो नेता र केन्द्रीय सदस्य सहमत भएको महतको भनाइ छ । स्थानीय तहमा उम्मेदवार चयन पार्टीको विधानमा प्रावधान र प्रक्रियाअनुसार अगाडि बढाइने पनि उहाँले बताउनुभयो । तर नेता शेखर कोइराला समूहले चुनावमा एक्लै जान प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?