नयाँ नेतृत्वका लागि मङ्गलबार निर्वाचन

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन ६, २०७६
|
|
२५ पटक हेरिएको
Shares
नयाँ नेतृत्वका लागि मङ्गलबार निर्वाचन

सारांश

  • नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको नयाँ नेतृत्वका लागि मङ्गलबार निर्वाचन हुँदैछ ।
  • सङ्घको नेतृत्व हत्याउनका लागि नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० र नेपाली काँग्रेस निकट व्यवसायी ‘प्यानल’ नै बनाएर अगाडि बढेका छन् ।
  • सङ्घको २७ औँ साधारणसभापछि भोलि नै निर्वाचनको कार्यतालिका तय गरिएको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको नयाँ नेतृत्वका लागि मङ्गलबार निर्वाचन हुँदैछ । सङ्घको नेतृत्व हत्याउनका लागि नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० र नेपाली काँग्रेस निकट व्यवसायी ‘प्यानल’ नै बनाएर अगाडि बढेका छन् ।सङ्घको २७ औँ साधारणसभापछि भोलि नै निर्वाचनको कार्यतालिका तय गरिएको छ । सङ्घको नयाँ नेतृत्व चयनको लागि हुने निर्वाचनमा सहभागी हुन ६५८ प्रतिनिधिले नाम दर्ता गराएका छन् । म्यानपावर धरौटी बढाएसँगै ८५४ म्यानपावर कम्पनी कायम भए पनि १९६ कम्पनीले प्रतिनिधि पठाएका छैनन् ।नेकपा र संघीय समाजवादी पार्टीलगायत प्रगतिशील समूहको तर्फबाट अध्यक्षमा सरोजकुमार पोखरेलले उम्मेदवारी दिएका छन् ।

त्यस्तै संयुक्त व्यवसायीको तर्फबाट प्रथम उपाध्यक्षमा हरिबहादुर पाण्डे क्षेत्री, द्वितीय उपाध्यक्षमा मुक्तिनाथ अधिकारी, तृतीय उपाध्यक्षमा अख्तर हुसेन, महासचिवमा रामचन्द्र गिरी, सचिवमा सन्जु गुरूङ र कोषाध्यक्षमा तेजमाया लिम्बू ९तेजु० ले उम्मेदवारी दिएका छन् ।सदस्यमा होमप्रसाद तिमिल्सिना, दलवीर भण्डारी, ओमबहादुर न्यौपाने, सरिता घले, सोमबहादुर तामाङ, बाबुराम खड्का, नुर महोम्मद मियाँ, दोर्जे शेर्पा, केदारनाथ अधिकारी र वीरेन्द्रकुमार यादवको उम्मेदवारी परेको सङ्घले जनाएको छ ।

यसैगरी काङ्ग्रेस निकट व्यवसायी नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका तर्फबाट अध्यक्षमा विष्णुप्रसाद गैरेको उम्मेदवारी परेको छ । त्यसैगरी सोही समूहको प्रथम उपाध्यक्षमा कमल तामाङ, द्वितीय उपाध्यक्षमा कमलदेव मल्ल, तृतीय उपाध्यक्षमा किशोरकुमार केसी, महासचिवमा सुजित श्रेष्ठ, सचिवमा मेगनाथ भुर्तेल र कोषाध्यक्षमा इन्दिरा गुरुङको उम्मेदवारी परेको छ । यसैगरी सदस्यमा दिनेशकुमार रावल, कर्णराज कटुवाल, सुरेन्द्र अर्याल, हर्कबहादुर लिम्बू, विजय लामा, बाबुलाल मगर, केवशराज न्यौपाने, छविलाल भट्टराई, जङ्गबहादुर इजम र लक्ष्मण पौडेलको उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?