चुच्चेपाटीस्थित भूकम्प पीडितहरुको टहरा डोजर लगाएर भत्काईयो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १, २०७३
|
|
९११ पटक हेरिएको
Shares
चुच्चेपाटीस्थित भूकम्प पीडितहरुको टहरा डोजर लगाएर भत्काईयो

सारांश

  • स्थानीय प्रशासनले बौद्ध चुच्चेपाटीस्थित भूकम्प पीडितहरुको टहरा डोजर लगाएर भत्काएको छ ।
  • १२ वैशाख २०७२ को विनाशकारी भूकम्पपछि सिन्धुपाल्चोक, दोलखा, रसुवा लगायतका जिल्लाबाट आएका भूकम्प पीडितहरुले पालको अस्थायी टहरा बनाएर चुच्चेपाटीमा बसेका थिए ।
  • त्यहाँ २४३ परिवार बस्दै आएका थिए ।

स्थानीय प्रशासनले बौद्ध चुच्चेपाटीस्थित भूकम्प पीडितहरुको टहरा डोजर लगाएर भत्काएको छ ।

१२ वैशाख २०७२ को विनाशकारी भूकम्पपछि सिन्धुपाल्चोक, दोलखा, रसुवा लगायतका जिल्लाबाट आएका भूकम्प पीडितहरुले पालको अस्थायी टहरा बनाएर चुच्चेपाटीमा बसेका थिए । त्यहाँ २४३ परिवार बस्दै आएका थिए ।


मंगलबार विहान प्रहरीको सहयोगमा स्थानीय प्रशासनले अस्थायी टहराहरु हटाएको छ । पूर्वसूचना दिएर नै अस्थायी टहराहरु हटाइएको भन्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी हिमनाथ दबाडीले अनलाइनखबरसँग भने, ‘सरकारले राहत दिइसकेको छ । उहाँहरु अब आ-आफ्नो जिल्लामा जानुपर्छ ।’

काठमाडौं प्रहरी प्रमुख एसएसपी छविलाल जोशीले पनि गृह मन्त्रालयको आदेशपछि जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर अस्थायी टहरा हटाएको बताए ।

स्थानीय प्रशासनले जग्गा खाली गर्न झण्डै एक महिनादेखि माइकिङ गर्दै आएको थियो ।

पासाङल्हामुको शालिक नजिक भूकम्प पीडितहरु बस्दै आएको जग्गा तारागाउँ विकास समितिको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?