महासङ्घको वरिष्ठ उपाध्यक्षमा पुनः निर्वाचन हुने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ३०, २०७९
|
|
२९ पटक हेरिएको
Shares
महासङ्घको वरिष्ठ उपाध्यक्षमा पुनः निर्वाचन हुने

सारांश

  • काठमाडौं ।
  • नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा पुनः निर्वाचन हुने भएको छ ।
  • तीन प्रतिष्पर्धी रामचन्द्र संघई, उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठमध्ये पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत प्राप्त गर्न नसक्दा पुनः निर्वाचन हुन लागेको हो ।

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा पुनः निर्वाचन हुने भएको छ । तीन प्रतिष्पर्धी रामचन्द्र संघई, उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठमध्ये पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत प्राप्त गर्न नसक्दा पुनः निर्वाचन हुन लागेको हो ।

पहिलो चरणको निर्वाचनबाट रामचन्द्र संघई बाहिरिएका छन् । अब दोस्रो चरणमा उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठबीच प्रतिष्पर्धा हुनेछ । जिल्ला नगर, वस्तुगत र एसोसिएटमा खसेको कुल मतभारतमध्ये अञ्जन श्रेष्ठले सबैभन्दा धेरै ३७ दशमलव ९९ प्रतिशत मत प्राप्त गरेका छन् भने उमेशलाल श्रेष्ठले ३१ दशमलव ५१ मत प्राप्त गरेका छन् । साथै रामचन्द्र संघईले ३० दशमलव ४६ मत प्राप्त गरेका छन् ।

महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्षमा निर्वाचन हुनका लागि कम्तीमा ५० प्रतिशत मत प्राप्त गर्नुपर्छ । महासङ्घको बुधबार निर्वाचन भएको थियो । जसमध्ये वरिष्ठ उपाध्यक्षतर्फको मतगणना आज विहान सकिएको हो ।

मतपरिणाम अनुसार एसोसिएटतर्फ कुल खसेको एक हजार छ सय २० मतमध्ये संघईले ६१३ मत प्राप्त गरे साथै अञ्जन श्रेष्ठले ५७३ मत र उमेशलाल श्रेष्ठले ४२६ मत प्राप्त गरे । साथै ८ मत बदर भयो ।
जिल्ला नगरतर्फ कुल खसेको ११७ मतमध्ये अञ्जन श्रेष्ठले ४७, रामचन्द्र संघईले ३९ र उमेशलाल श्रेष्ठले २८ मत प्राप्त गरे । साथै ३ मत बदर भयो । वस्तुतगतर्फ खसेको १२३ मतमध्ये उमेृशलाल श्रेष्ठले ६९, अञ्जन श्रेष्ठले ४१ र रामचन्द्र संघईले १२ मत प्राप्त गर्नुभयो भने एक मत बदर भयो ।

महासङ्घको विधान अनुसार हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल आगामी कार्यकालका लागि स्वतः अध्यक्ष हुनेछन् । वरिष्ठ उपाध्यक्षका लागि आजै निर्वाचन हुनेछ । मुख्य निर्वाचन अधिकृत लिलामणि पौडेलका अनुसार वरिष्ठ उपाध्यक्षका लागि आज दिउँसो २ बजेदेखि ५ बजेसम्म निर्वाचन हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डोके आम्दानीबाटै तीन छोरीको विवाह खर्च
डोके आम्दानीबाटै तीन छोरीको विवाह खर्च
शान्ति सम्झौता विपरित कदम चालिएको भन्दै प्रचण्डको आक्रोश, देश फेरि द्वन्द्वमा फस्न सक्ने चेतावनी
शान्ति सम्झौता विपरित कदम चालिएको भन्दै प्रचण्डको आक्रोश, देश फेरि द्वन्द्वमा फस्न सक्ने चेतावनी
बेलायतमा केही दिनमै इन्धन संकटको समाधान हुने, सेनाका ट्यांकर चालक तयारी अवस्थामा
बेलायतमा केही दिनमै इन्धन संकटको समाधान हुने, सेनाका ट्यांकर चालक तयारी अवस्थामा
अब बिहे नगरी बच्चा जन्माउन पाउने !
काठमाडौँ र पोखरामा पनि छठ पर्व समापन
काठमाडौँ र पोखरामा पनि छठ पर्व समापन
‘दक्ष जनशक्तिलाई स्वदेशमै रोकौँ’
‘दक्ष जनशक्तिलाई स्वदेशमै रोकौँ’
कांग्रेसको गढ सोलुखुम्बु र ओखलढुंगामा वाम गठबन्धनको ‘क्लिनस्विप’
कांग्रेसको गढ सोलुखुम्बु र ओखलढुंगामा वाम गठबन्धनको ‘क्लिनस्विप’
कोरियन भाषा परीक्षामा ४७ जना नक्कली विद्यार्थी पक्राउ
कोरियन भाषा परीक्षामा ४७ जना नक्कली विद्यार्थी पक्राउ
प्रधानमन्त्री देउवाद्वारा नेता निधिको स्वास्थ्य लाभको कामना
प्रधानमन्त्री देउवाद्वारा नेता निधिको स्वास्थ्य लाभको कामना
संसदमा पहिला प्रधानमन्त्री बोल्ने की प्रतिपक्षको नेता ? संसदमा बहश
संसदमा पहिला प्रधानमन्त्री बोल्ने की प्रतिपक्षको नेता ? संसदमा बहश

तपाईंले छुटाउनुभयो कि?