महराले सुटुक्क बुझाए अर्को राजीनामा

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १५, २०७६
|
|
२१ पटक हेरिएको
Shares
महराले सुटुक्क बुझाए अर्को राजीनामा

सारांश

  • यौन दुर्व्यवहारको आरोप लागेका कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएको ‘दोस्रो राजीनामा’ पत्र पनि बुझाएको खुलासा भएको छ ।
  • महराले मंगलबार शर्तसहितको राजीनामा पत्र बुझाएका थिए ।
  • जसमा छानबिन प्रक्रिया पूरा नभएसम्मका लागि भन्ने उल्लेख थियो ।

यौन दुर्व्यवहारको आरोप लागेका कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएको ‘दोस्रो राजीनामा’ पत्र पनि बुझाएको खुलासा भएको छ । महराले मंगलबार शर्तसहितको राजीनामा पत्र बुझाएका थिए । जसमा छानबिन प्रक्रिया पूरा नभएसम्मका लागि भन्ने उल्लेख थियो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उच्च स्रोतका अनुसार

महराको यस्तो राजीनामा पत्र उपसभामुख शिबमाया तुम्वाहाङ्फेले अस्वीकृत गरेकी थिइन । सर्त सहितको राजीनामा स्वीकार नगरी दराजमा थन्क्यार राख्ने उनको चेतावनी थियो । उपसभामुखको यो कदमबारे नेकपा नेतृत्व पनि जानकार थियो । त्यसपछि महराले शर्तरहित अर्काे राजीनामा पत्र उपसभामुख समक्ष पठाएको स्रोतको दावी छ ।

अर्काे राजीनामा पत्रका आधारमा उपसभामुख तुम्वाहाङ्फेले बुधबार दिउँसो महराको राजीनामा आएको सूचना संसद सचिवालयमा टाँस्न लगाएकी थिइन् । उक्त सूचनामा महराले पहिलो पटक बुझाएको राजीनामा पत्रमा भएको जस्तो शर्त उल्लेख छैन । नेकपा स्रोता भन्छ, ‘अब महरा सभामुख रहनुभएन, संसद सचिवालयले उपयुक्त समयमा नयाँ सभामुख चयनको प्रकृया सुरु गर्ने छ ।’

महरालाई गत सोमबार सचिवालयकै एक कर्मचारीले यौन दूर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । आरोप सार्वजनिक भएसँगै सर्वत्र बिरोध सुरु भएपछि नेकपाको सचिवालयको निर्देशनपछि महराले मंगलबार सर्तसहितको राजीनामा दिएका थिए । सर्तसहितको महराको राजीनामाको चौतर्फी आलोचना भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?