सरकारले गर्याे स्थानीय तहकाे केन्द्र परिवर्तन, यी हुन नयाँ केन्द्रहरू

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण २६, २०७५
|
|
३१ पटक हेरिएको
Shares
सरकारले गर्याे स्थानीय तहकाे केन्द्र परिवर्तन, यी हुन नयाँ केन्द्रहरू

सारांश

  • काठमाडौँ,  २६ साउन।
  •  सरकारले छवटा स्थानीय तहको केन्द्र परिवर्तन गरेको छ ।
  • गोरखाको धार्चे गाउँपालिकाको केन्द्र साविक गुम्दा गाविसको कार्यालयबाट परिवर्तन गरी वडा नं ५ माछिखोला र पर्वतको मोदी गाउँपालिकाको केन्द्र साविक देउपुर गाविसको कार्यालयबाट मोदी–२ पातीचौर बजार कायम गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

काठमाडौँ,  २६ साउन। सरकारले छवटा स्थानीय तहको केन्द्र परिवर्तन गरेको छ । गोरखाको धार्चे गाउँपालिकाको केन्द्र साविक गुम्दा गाविसको कार्यालयबाट परिवर्तन गरी वडा नं ५ माछिखोला र पर्वतको मोदी गाउँपालिकाको केन्द्र साविक देउपुर गाविसको कार्यालयबाट मोदी–२ पातीचौर बजार कायम गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४ उपदफा ९३० बमोजिम सम्बन्धित गाउँसभाको दुई तिहाई बहुमतले पारित गरेको प्रस्ताव प्रदेश सरकारमार्फत प्राप्त भए बमोजिम गाउँपालिकाको केन्द्र परिवर्तन गरिएको मन्त्रालयका प्रवक्ता सुरेशराज अधिकारीले बताए ।

यसैगरी पर्साको कालिकामाई गाउँपालिकाको केन्द्र मुड्लीबाट कालिकामाई–३ हरिहरपुर विर्ता र विन्दवासिनी गाउँपालिकाको केन्द्र बहुअर्वाभाठ्ठाबाट प्रसौनीभाठ्ठा–५ कायम गरिएको छ । धादिङको थाक्रे गाउँपालिकाको केन्द्र साविक थाक्रे गाविसको कार्यालयबाट थाक्रे–६ महादेवबेँसी र दार्चुलाको लेकम गाउँपालिकाको केन्द्र साविक खरकडा गाविसको कार्यालयबाट वडा नं ४ रातमाटा कायम गरिएको छ ।

यस्तै जनकपुर उपमहानगरपालिकाको नाम परिवर्तन गरी जनकपुरधाम उपमहानगरपालिका कायम गरिएको मन्त्रालयले जनाएको छ ।

(https://gunnewsdaily.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?