कतार विश्वकप : मेसी चम्किँदा अर्जेन्टिनाको जित
सारांश
- काठमाडौं।
- मेसीको ‘ट्रेडमार्क म्याजिक’ प्रेरित अर्जेन्टिनाले महत्वपूर्ण खेलमा मेक्सिकोलाई २-० अन्तरले पराजित गरेको छ।
- दोहास्थित लुसैल मैदानमा शनिबार राति सम्पन्न खेलमा तीन अंक हात पारेसँगै अर्जेन्टिनाले अन्तिम १६ को सम्भावना कायम राखेको छ।
काठमाडौं। मेसीको ‘ट्रेडमार्क म्याजिक’ प्रेरित अर्जेन्टिनाले महत्वपूर्ण खेलमा मेक्सिकोलाई २-० अन्तरले पराजित गरेको छ।
दोहास्थित लुसैल मैदानमा शनिबार राति सम्पन्न खेलमा तीन अंक हात पारेसँगै अर्जेन्टिनाले अन्तिम १६ को सम्भावना कायम राखेको छ। पहिलो खेलमा साउदी अरेबियासँग अप्रत्यासित २-१ को हारपछि लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना निकै दबाबमा परेको थियो।
मेक्सिकोविरुद्ध पहिलो हाफ कमजोर प्रदर्शन गरेको लियोनल स्कोलानीको अर्जेन्टिना दोस्रो हाफमा भने सुधारिएको प्रदर्शन गर्न सफल भएको थियो। ८८ हजार ९ सय ६६ समर्थकबीच मेसीले खेलको ६४औं मिनेटमा अग्रता दिलाएका थिए । एन्जल डि मारियाको पासमा मेसीले सेकेन्ड टचमै बक्स बाहिरबाट बललाई जाली चुमाएका थिए।
खेल सकिन तीन मिनेटअघि एन्जो फर्नान्डेजले अर्जेन्टिनालाई २-० को अग्रता दिलाए। मेसीले उपलब्ध गरेको बललाई फर्नान्डेजले बक्स भित्रबाट ‘कर्लिङ सट’लाई उत्कष्ट फिनिस गरे। २१ वर्षीय फर्नान्डेज खेलको ३३ मिनेट मात्रै मैदानमा रहे। अर्जेन्टिनाको लागि उनको यो पहिलो गोल हो।
समूह सी को अन्तिम खेलमा अर्जेन्टिनाले पोल्यान्डको सामना गर्नेछ । जितसँगै अर्जेन्टिना समूहको दोस्रो स्थानमा उक्लिएको छ । पोल्यान्ड ४ अंकसहित शीर्षस्थानमा छ। समान खेलबाट अर्जेन्टिनाको तीन अंक छ । तीन अंकको साउदी तेस्रो स्थानमा रहँदा मेक्सिको एक अंक सहित पुछारमा छ।
registrarse en Binance
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?
binance
I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article. https://accounts.binance.info/en-IN/register-person?ref=UM6SMJM3