रोशनीले दिइन् कृष्णबहादुर महराविरुद्ध उजुरी
सारांश
- निवर्तमान सभामुख कृष्णबहादुर महाराविरूद्ध अन्तत रोशनी शाहीले बलात्कार प्रयासको उजुरी दिएकी छिन्।
- गत आइतबार महराले आफूलाई बलात्कार गरेको आरोप लगाएकी रोशनीले १२ घण्टा नपुग्दै आफूमाथि दुर्व्यवहार नभएको भनेर आफ्नै बोलीबाट युटर्न लिएकी थिइन्।
- घटना नै नभएको बताउने शाहीले शनिबार फेरि बानेश्वर प्रहरीमा गएर बलात्कार प्रयास गरेको भन्दै उजुरी लगाएकी हुन्।
निवर्तमान सभामुख कृष्णबहादुर महाराविरूद्ध अन्तत रोशनी शाहीले बलात्कार प्रयासको उजुरी दिएकी छिन्। गत आइतबार महराले आफूलाई बलात्कार गरेको आरोप लगाएकी रोशनीले १२ घण्टा नपुग्दै आफूमाथि दुर्व्यवहार नभएको भनेर आफ्नै बोलीबाट युटर्न लिएकी थिइन्। घटना नै नभएको बताउने शाहीले शनिबार फेरि बानेश्वर प्रहरीमा गएर बलात्कार प्रयास गरेको भन्दै
उजुरी लगाएकी हुन्। आइतबार घटेको घटनामा एक हप्ता नपुग्दै विभिन्न खालका अप्रत्याशित मोडहरू देखा परिसकेका छन्। उनले लगाएको आरोप सत्य सावित भए महरालाई तीन वर्ष कैद र तीस हजार रुपैयाँसम्मको जरिवाना हुनसक्ने मुलुकी अपराध संहिता ऐन २०७४ मा उल्लेख छ। मुलुकी अपराध संहिताको परिचेछेद १८ को २२४ को १ मा कसैले कसैलाई
यौन दुर्व्यवहार गर्न वा गराउनु हुँदैन भनेर उल्लेख गरिएको छ। २२४ को ३ मा यौन दुर्व्यवहार गरेमा तीन वर्ष कैद र तीस हजार रुपैयाँसम्मको जरिवाना हुनसक्ने कुरा उल्लेख छ। मुलुकी अपराध संहिताकै आधारमा महारालाई पनि सोही सजाय हुन सक्ने सम्भावना छ। वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलले रोशनीका तीन थरिका कुराहरू आएकाले
उनको कुरा विश्वासयोग्य छैन भन्ने देखाउने बताए। ’श्रीमान् काठमाडौं बाहिर हुँदा बलात्कार गरेको भन्ने कुरा आयो। उनी काठमाडौं आएपछि बयान फेरियो। अहिले उनले जाहेरी दिइन्। जसले बीचमा मेलमिलापको प्रयास भएको थियो कि भन्ने शंका उत्पन्न गराएको छ ’, उनले भने, ’किटानी जाहेरी पर्नु घटनाको जानकारी हो। अब अनुसन्धान कुन तवरले अगाडि बढ्छ भन्ने कुरा प्रमुख विषय हो।’
फौजदारी कानूनका विज्ञ वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले बलात्कार प्रयास गरेको मात्रै हो भने मुद्दाको गम्भीरता कम हुने बताए। उनले भने, ’बलात्कार गर्ने प्रयास मात्रै हो भने मुद्दाको गम्भीरता कम भएको छ। तर अहिले नै यही सजाय हुन्छ भन्न सकिने अवस्था छैन। प्रहरीले अनुसन्धान कसरी लान्छ त्यसमा भर पर्छ।’ अन्नपुर्ण पोष्टबाट
प्रतिक्रिया