जाडोमा चायाँ किन पर्छ ? कारण र बच्ने उपाय

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ४, २०७५
|
|
२३ पटक हेरिएको
Shares
जाडोमा चायाँ किन पर्छ ? कारण र बच्ने उपाय

सारांश

  • काठमाडौं ।
  • जाडो महिनामा कपालमा बढी चाया पर्छ।
  • टाउकोमा छालाका कोष मर्ने र नयाँ पलाउने क्रम निरन्तर चलिरहन्छ।

काठमाडौं । जाडो महिनामा कपालमा बढी चाया पर्छ। टाउकोमा छालाका कोष मर्ने र नयाँ पलाउने क्रम निरन्तर चलिरहन्छ। यस्तो वेला टाउकोमा सेता, मसिना फुस्रा दागहरू देखिन्छन्, जसलाई हामी चायाँ भन्छौँ।

चायाँ पर्ने कारण

सरसफाइ पनि चायाँको कारक हो। सरसफाइमा ध्यान नदिने मानिसमा चायाँ पर्ने सम्भावना हुन्छ। कपाल कम नुहाउने बानीले पनि चायाँ पर्न सक्छ। शरीरमा हुने हर्मोन परिवर्तन, वंशाणुगत गुण, टाउकोमा विभिन्न रोग, अस्वस्थकर खानपान, कपालमा केमिकलको प्रयोगजस्ता कारणले पनि चायाँ पर्छ।

त्यस्तै, सुक्खा वातावरणमा बस्दा पनि कपालमा चायाँ पर्ने समस्या हुन्छ। लामो समयदेखिको तनाव, थकान, चिन्ता, र टाउकोमा हुने एलर्जीका कारण पनि चायाँ पर्ने समस्या हुन्छ।

प्रायः कपाल नकोर्ने, टाउको ननुहाउने, फुस्रो छाला भएका, चिसो मौसममा कोठा न्यानो पारेर बस्ने, बढी नुनिलो, गुलियो र मसालेदार खाना खाने तथा रक्सी सेवन गर्ने हरुमा चाया पर्ने सम्भावना बढी हुन्छ। जाडो मौसममा टाउकोबाट टोपी नझिक्ने, कम नुहाउनेहरुलाई चायाले उस्तै खेदो खन्छ।

यस्तै, हृदयघात र मस्तिष्कघातबाट तंग्रिन लागेका बिरामी, जिंक तथा भिटामिनको कमी भएका, मानसिक तनाव भएका मानिसलाई पनि चायाँले सताउँछ।

उपचारः

नुहाउन दुइ घण्टा अघि  नरिवलको तेलमा कपूर मिसाएर औंलाका टुप्पाले तालुमा मालिश गरी नुहाउने गर्नाले चायाँ कम गर्न सकिन्छ।

कपाल कोर्न प्रयोग गरिने काइँयो सफा गरिरहनुपर्दछ। चाया हटाउन विभिन्न एन्टी डेन्ड्रफ सेम्फूहरु उचित प्रयोग गर्न सकिन्छ।

सेम्फू छान्दा केटोनाजोल, सेलेनियम सल्फाइड, जिंक पैरिथियोन, सेलिसिलिक एसिक, कोल टार, टि–ट्री ओयलजस्ता औषधियुक्त सेम्फू छान्नुपर्छ।

विभिन्न प्रकारका सेम्फूमध्ये आफूलाई उपयुक्त हुने सेम्फू छानिसकेपछि कम्तिमा एक महिना नियमित लगाउनुपर्छ । सुधार भएन भने सेम्फू बदल्न सकिन्छ । यसका लागि चर्म रोग विशेषज्ञको सल्लाह लिनु उपयुक्त हुन्छ।

सेम्फूमा दिइएको लगाउने तरिका राम्रोसँग पढ्नुपर्छ र त्यही अनुसार उपयोग गर्नुपर्छ ।सेम्फू प्रयोग गर्नुभन्दा पहिले पाप्राहरु उप्काउनुपर्छ।

सेम्फू कम्तिमा पाँच मिनेटसम्म लगाउनुपर्छ। चाया नियन्त्रण नहुन्जेल दिनहु तथा नियन्त्रण भइसकेपछि हप्तामा दुई–तीन पटक प्रयोग गर्नु उपयुक्त हुन्छ।

स्वस्थ छालाका लागि भिटामिनयुक्त साग–पात तथा फलफूल प्रसस्त मात्रामा खानुपर्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?