नवराज सिलवालको सिको गर्दै डिआइजी रमेश खरेल पनि राजनीतिमै होमिएलान् ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २, २०७५
|
|
३५ पटक हेरिएको
Shares
नवराज सिलवालको सिको गर्दै डिआइजी रमेश खरेल पनि राजनीतिमै होमिएलान् ?

सारांश

  • काठमाडौं, २ बैशाख ।
  • प्रहरी महानिरीक्षकमा सर्वेन्द्र खनाल नियुक्त भएपछि रन्थनिएर डिआइजीबाट राजीनामा दिएका रमेश खरेलको राजीनामा गृहमन्त्रालयले स्वीकृत गरेको छ ।
  • प्रहरी प्रमुख बन्ने उनको चाहना स्वभाविक भएपनि धेरैले उनको राजीनामालाई भने त्यति रुचाएका थिएनन् ।

काठमाडौं, २ बैशाख । प्रहरी महानिरीक्षकमा सर्वेन्द्र खनाल नियुक्त भएपछि रन्थनिएर डिआइजीबाट राजीनामा दिएका रमेश खरेलको राजीनामा गृहमन्त्रालयले स्वीकृत गरेको छ । प्रहरी प्रमुख बन्ने उनको चाहना स्वभाविक भएपनि धेरैले उनको राजीनामालाई भने त्यति रुचाएका थिएनन् । गृहमन्त्री रामबहादुर थापाले घरायसी कारण देखाउँदै दिएको खरेलको राजीनामा स्वीकृत गरेपछि उनको आगामी यात्राका बारेमा चर्चा÷परिचर्चा हुन थालेका छन् ।

गृहमन्त्रालयले उनको राजीनामा स्वीकृत भएको प्रहरी प्रधान कार्यालयलाई जानकारी गराइसकेको छ । मंगलबार डिआइजी सर्वेन्द्र खनाललाई प्रहरी प्रमुखमा नियुक्ति गरेलगत्तै डिआइजी रमेश खरेलले बुधबार राजीनामा पत्र बुझाएका थिए । त्यसपछि गृहमन्त्रालयले उनको राजीनामा स्वीकृत गरेको हो । प्रहरी संगठनबाट बाहिरिएका डिआइजी नवराज सिलवाल राजनीतिमा होमिए । उनी एमालेमा प्रवेश गर्नुका साथै प्रतिनिधिसभा निर्वाचनमा टिकटसमेत प्राप्त गर्न सफल भए र विजयी पनि भए । नवराज सिलवालले कोरेकै बाटोमा रमेश खरेल पनि हिड्ने सम्भावना प्रवल रहेको जानकारहरु बताउँछन् । स्रोतहरुले खरेल सम्भवतः छिटै राजनीतिक रंगमञ्चमा देखिने बताएका छन् ।

डिआइजी खरेल अहिले तत्काल नखुलेको भएतापनि उनको पनि लक्ष्य राजनीतिमा जाने नै रहेको विश्लेषण गर्न थालिएको छ । प्रहरी प्रमुख बन्नका लागि महत्वाकांक्षालाई स्वाभाविकै मानिएको छ तर एक्कासी राजीनामा नै दिनुलाई भने धेरैले अर्थपूर्ण रुपमा हेरेका छन् । खरेलमा प्रहरी संगठनको नेतृत्व गर्ने क्षमता नभएको भने होइन, तर वरियताक्रमका आधारमा सर्वेन्द्रले नेतृत्व सम्हाल्ने सौभाग्य सर्वेन्द्र खनाललाई प्राप्त भयो ।

डिआइजी खरेलको राजीनामाको चर्चा आइरहँदा धेरैले उनलाई हतारमा राजीनामा दिन नहुने सल्लाह दिएका थिए । पूर्वगृहमन्त्री जनार्दन शर्माले समेत उनलाई राजीनामा नदिन सल्लाह दिएका थिए । खरेलले भने धेरैको चाहनाविपरीत राजीनामा दिइछाडे । त्यसैले पनि उनी राजनीतिमा सक्रिय हुन लागेको अनुमान लगाउनेहरुको संख्या बढेको हो ।

हक्की स्वभावका खरेलको अबको यात्राबारे विभिन्न अनुमान र विश्लेषण हुनु स्वभाविक नै छ । तर, यसअघि बरियताक्रम मिचेर आफूलाई पछाडि पारेको झोंकमा एमालेमा प्रवेश गरेर सासंद बनेका पूर्व डिआजी नवराज सिलवालको सिको खरेलले पनि गर्ने सम्भावना नै प्रवल देखिएको छ ।

डिआइजी खरेल २०४५ सालमा भलिबल खेलाडीको रूपमा नेपाल प्रहरीमा प्रवेश गरेका थिए । खरेल नवनियुक्त आइजी सर्वेन्द्र खनाल र डिआइजी पुष्कर कार्कीसँगै २०४६ साल माघ २९ गते सँगै निरीक्षकको परीक्षा उत्तीर्ण गरी प्रहरी निरीक्षक भएका थिए ।

Tramadol

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Binod Lama

    Raajnitima ta aaunai paryoni igp navaye pani vaako igp le salam thokna baade hunxani jastai nawaraj silwal yestai prabiti chaheko xa. Tesaile kharel g rajnini garnus tara ahileko jasto nakkali comnist haina sakkali comnist banera sabaiko pattaa saaf banaunu parxa.best of luck

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोटरसाइकल ट्रकसँग ठोकिँदा एकको मृत्यु
मोटरसाइकल ट्रकसँग ठोकिँदा एकको मृत्यु
गायक तुलसी सिवाकोटीको चटपटेको ठेला सार्वजनिक
गायक तुलसी सिवाकोटीको चटपटेको ठेला सार्वजनिक
नेपाल र चीनबीचका २० बुँदे सम्झौता र समझदारीमा क–कसले गरे हस्ताक्षर ?
नेपाल र चीनबीचका २० बुँदे सम्झौता र समझदारीमा क–कसले गरे हस्ताक्षर ?
‘काम नगरे नेता फेरौं, भोट हाल्न नछोडौं’
‘काम नगरे नेता फेरौं, भोट हाल्न नछोडौं’
गच्छदार नेपाली कांग्रेसमा प्रवेश गर्ने तयारी ,पदाधिकारी बनाएरै पार्टीमा प्रवेश गराउने.
गच्छदार नेपाली कांग्रेसमा प्रवेश गर्ने तयारी ,पदाधिकारी बनाएरै पार्टीमा प्रवेश गराउने.
नेपाल प्रहरीद्वारा ३८ सय बढी कर्मचारी माग, यस्ता व्यक्तिले आवेदन दिन पाउनेछन्
नेपाल प्रहरीद्वारा ३८ सय बढी कर्मचारी माग, यस्ता व्यक्तिले आवेदन दिन पाउनेछन्
दाङमा बम विस्फोट : म्यादी प्रहरीसहित नौ घाइते
दाङमा बम विस्फोट : म्यादी प्रहरीसहित नौ घाइते
बारुद गोदाममा विस्फोट हुँदा दश जनाको मृत्यु
बारुद गोदाममा विस्फोट हुँदा दश जनाको मृत्यु
काठमाडौंका युवतीलाई बिहे गर्ने भन्दै अनलाइनमार्फत यसरी ठगे विदेशीले
काठमाडौंका युवतीलाई बिहे गर्ने भन्दै अनलाइनमार्फत यसरी ठगे विदेशीले
दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौं : शंकर पोखरेल
दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौं : शंकर पोखरेल

तपाईंले छुटाउनुभयो कि?