जम्मू-कश्मीर विभाजनको औपचारिक कार्यान्वयन, लद्दाखलाई छुट्टै भूभागको मान्यता

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १४, २०७६
|
|
२१ पटक हेरिएको
Shares
जम्मू-कश्मीर विभाजनको औपचारिक कार्यान्वयन, लद्दाखलाई छुट्टै भूभागको मान्यता

सारांश

  • बीबीसी।
  • भारतको जम्मू-कश्मीर राज्यलाई बिहीवारदेखि दुईवटा केन्द्रशासित भूभागमा विभाजन गरिएको छ।
  • गत अगस्टमा भारत सरकारले गरेको निर्णय बमोजिम यस्तो विभाजन भएको हो।

बीबीसी। भारतको जम्मू-कश्मीर राज्यलाई बिहीवारदेखि दुईवटा केन्द्रशासित भूभागमा विभाजन गरिएको छ। गत अगस्टमा भारत सरकारले गरेको निर्णय बमोजिम यस्तो विभाजन भएको हो।

हिन्दू राष्ट्रवादी सरकारले जम्मू(कश्मीर राज्यको विशेष संवैधानिक मान्यता खारेज गरेर त्यसलाई दुईवटा केन्द्रशासित भूभागमा परिणत गरिदिएको थियो। उक्त निर्णयानुसार अब जम्मू(कश्मीर एउटा र लद्दाख अर्को केन्द्रशासित भूभाग बनेका छन्।

पहिले जम्मु(कश्मीर राज्यकै भाग रहेको बौद्धमार्गीको बाहुल्य भएको लद्दाख क्षेत्र बिहीवारदेखि छुट्टै एकाइ बनेको छ। केन्द्रशासित क्षेत्रहरूसँग निकै कम स्वायत्तता हुन्छ।

यी परिवर्तनले ती क्षेत्रमा दिल्लीको नियन्त्रण थप कसिलो बनाउनेछ। जम्मु(कश्मीर राज्यको करिब ९८ प्रतिशत जनसङ्ख्या केन्द्रशासित जम्मु(कश्मीर भूभागमै रहनेछन्।

त्यसमा खासगरी दुईवटा क्षेत्र हुनेछन्। मुसलमानबहुल कश्मीर उपत्यकामा ८० लाख जनसङ्ख्या छ भने हिन्दूबहुल जम्मुमा ६० लाख जनसङ्ख्या छ। तेस्रो क्षेत्र लद्दाख निकै उचाइमा रहेको ठाउँ हो। त्यहाँ तीन लाख मानिस छन् जसमध्ये मुसलमान र बौद्धमार्गी लगभग बराबर छन्।

सरकारका अनुसार पुरानो राज्य सरकारका कर्मचारीहरूले आफ्ना साविकका काम नयाँ क्षेत्रमा गर्नेछन्। बीबीसीका रियाज मसरुर भन्छन्, “बितेको ६५ वर्षदेखि जम्मु(कश्मीर भारतअन्तर्गत रहेको एउटा स्वायत्त राज्य थियो। यही कारण उसको छुट्टै प्रशासन थियो, छुट्टै वित्तीय तथा कानुनी प्रणाली थियो। यहाँभन्दा बाहिरका मानिसलाई जग्गाजमिन तथा सम्पत्ति किन्न रोकतोक थिए।“

“साथै सबै सरकारी प्रतिष्ठान तथा गाडीहरूमा भारतको तिरङ्गाका साथमा राज्यको छुट्टै झण्डापनि अङ्कित हुन्थे।“ मोदी सरकारले यस्ता व्यवस्थाले त्यहाँ पृथक्तावादी भावना जगाउन सक्ने र पाकिस्तानलाई छद्म युद्धमार्फत् यस्ता भावनाको दुरुपयोग गर्ने मौका दिन सक्ने ठान्थ्यो।

अगस्टमा भारत सरकारले गरेको निर्णयपश्चात् कश्मीरमा निकै तनाव चर्किएको छ। मङ्गलवार कश्मीरमा सन्दिग्ध पृथक्तावादी विद्रोहीहरूले कम्तीमा पाँचजना निर्माण मजदुरहरूलाई गोली हानी मारिदिएको प्रहरीले बतायो। ती मजदुर पश्चिम बङ्गाल राज्यका थिए।

केही समययता कश्मीरमा बाहिरबाट आएर बसेका मानिसविरुद्ध आक्रमणको क्रम बढेको छ। सन् १९४७ मा ब्रिटिश शासनबाट मुक्त भएसँगै भारत र पाकिस्तान छुट्टिएर नयाँ स्वतन्त्र राष्ट्र बने। स्थापनाकालदेखि नै यी दुई छिमेकी देशबीच कहिल्यैपनि सम्बन्ध सुमधुर हुन सकेन। सम्बन्धमा तिक्तताको केन्द्रमा सधैँ कश्मीर रह्यो।

यस अवधिमा दुई देशबीच कैयौँ यस्ता घटना भए जसले कहिले युद्ध नै निम्त्यायो त कहिले चर्को तनाव।

हाल भारत र पाकिस्तानमाझ पुनस् चर्किएको तनावका माझ यी दुई दक्षिण एशियाली मुलुकहरूबीच यस अवधिमा भएका महत्त्वपूर्ण घटनाको सङ्क्षिप्त विवरण (

अक्टोबर १९४७स् भारत र पाकिस्तानबीच पहिलो युद्ध। स्वतन्त्र भएको केवल दुई महिनापश्चात् दुई छिमेकी कश्मीरलाई लिएर युद्धमा होमिए।

अगस्ट १९६५स् कश्मीरलाई नै लिएर दुई छिमेकीबीच अर्को छोटो युद्ध

डिसेम्बर १९७१स् भारतद्वारा पूर्वी पाकिस्तान (वर्तमान बाङ्ग्लादेश) मा अतिक्रमण। इस्लामाबादको शासनविरुद्ध स्वतन्त्रताको लडाइँमा भारतको समर्थन। भारतीय वायुसेनाद्वारा पाकिस्तानी भूभागमा बम आक्रमण। बाङ्ग्लादेशको स्थापनासँगै युद्धको अन्त्य

सन् १९८९स् कश्मीर उपत्यकामा भारतीय शासनविरुद्ध सशस्त्र विद्रोहको थालनी

फेब्रुअरी १९९९स् भारतीय प्रधानमन्त्री अटल बिहारी वाजपेयीद्वारा पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफसँग भेट्न र शान्ति सम्झौता गर्न बस चढेर पाकिस्तानको लाहोर प्रस्थान

मे १९९९स् पाकिस्तानी सेना तथा विद्रोहीद्वारा कार्गिल पर्वतमा रहेका भारतीय सैनिक शिविर कब्जा। सीमित द्वन्द्व सुरु। भारतद्वारा हवाई तथा स्थल आक्रमणपश्चात् अतिक्रमणकारीहरू फिर्ता

मे २००१स् भारतको आगरामा भारतीय प्रधानमन्त्री वाजपेयी र पाकिस्तानी राष्ट्रपति परवेज मुशर्रफको भेटवार्ता। कुनै सम्झौता हुन सकेन।

अक्टोबर २००१स् श्रीनगरस्थित कश्मीरको विधानसभामा आक्रमण, ३८ जनाको मृत्यु

१३ डिसेम्बर २००१स् दिल्लीस्थित भारतीय संसद्‌मा भएको सशस्त्र आक्रमणमा १४ जनाको मृत्यु

फेब्रुअरी २००७स् भारत र पाकिस्तानबीच चल्ने सम्झौता एक्सप्रेस रेलमा बम विस्फोट। ६८ जनाको मृत्यु

२६ नोभेम्बर २००८स् विद्रोहीहरूद्वारा मुम्बईस्थित मुख्य रेलवे स्टेशन, विलासी होटलहरू तथा एक यहुदी सांस्कृतिक केन्द्रमा आक्रमण, ६० घण्टे घटनामा १६६ जनाको मृत्यु। भारतद्वारा पाकिस्तानमा रहेको लश्कर(ए(तइबा समूहमाथि दोष

जनवरी २०१६स् पठानकोटस्थित भारतीय वायुसेनाको अखाडामा भएको चार दिन लामो आक्रमणमा सात भारतीय सैनक र छ विद्रोहीको मृत्यु

१८ सेप्टेम्बर २०१६स् भारत प्रशासित कश्मीरस्थित उरीमा रहेको सैन्य अखाडामा विद्रोहीद्वारा हमला। १९ सैनिकको मृत्यु

३० सेप्टेम्बर २०१६स् भारतद्वारा पाकिस्तानी कश्मीरमा सैन्य कारबाही ’सर्जिकल स्ट्राइक’ गरेको दाबी, पाकिस्तानद्वारा त्यस्तो कारबाही भएको अस्वीकार

१४ फेब्रुअरी २०१९स् कश्मीरको पुलवामामा विद्रोहीद्वारा आत्मघाती विस्फोट, अर्धसैनिक बल सीआरपीएफका ४० भन्दा धेरैको मृत्यु। पाकिस्तानमा रहेको जैश(ए(मोहम्मद समूहद्वारा जिम्मेवारी स्वीकार

२६ फेब्रुअरी २०१९स् भारत(पाकिस्तान सीमा उल्लङ्गघन गरेर भारतीय वायुसेनाद्वारा पाकिस्तानी भूभागमा आक्रमण, लडाकु समूह जैश(‍ए(मोहम्मदको शिविर नष्ट गरिएको भारतको दाबी

५ अगस्ट २०१९स् भारतद्वारा भारत(प्रशासित जम्मू(कश्मीर राज्यलाई दिइएको संवैधानिक मान्यता खारेज।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?