मनमोहन सरकारलाई बिर्साउने यस्तो बजेट ल्याउदै केपी ओली सरकार !
सारांश
- काठमाडाै, १५ जेठ ।
- आर्थिक वर्ष २०७५/०७६ को बजेट स्वीकृत गर्नका लागि मन्त्रीपरिषद बैठक मंगलबार दिउँसो २ बजे बस्ने भएकाे छ ।
- अर्थमन्त्री डा युवराज खतिवडाले दिउँसो ४ बजे बस्ने संघीय संसदको बैठकमा बजेट प्रस्तुत गर्दैछन् ।
काठमाडाै, १५ जेठ । आर्थिक वर्ष २०७५/०७६ को बजेट स्वीकृत गर्नका लागि मन्त्रीपरिषद बैठक मंगलबार दिउँसो २ बजे बस्ने भएकाे छ ।
अर्थमन्त्री डा युवराज खतिवडाले दिउँसो ४ बजे बस्ने संघीय संसदको बैठकमा बजेट प्रस्तुत गर्दैछन् ।
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७५/७६ को बजेट निर्माण गरिसकेको छ । मंगलबार बिहान अन्तिम रुप दिएर बजेट छाप्न पठाइएको छ ।
मन्त्री परिषदको बैठकमा अर्थमन्त्री खतिवडाले बजेटको बारेमा जानकारी दिनेछन । र, मन्त्रिपरिषदले स्वीकृत गरेपछि अर्थमन्त्री बजेटको ब्रिफिङ गर्न राष्ट्रपतिकहाँ जान्छन् । त्यसपछि सीधै बानेश्वरस्थित संसद भवन गएर अपरान्ह ४ बजे बजेट सार्वजानिक गर्नेछन् ।
दुइतिहाइ नजिक रहेको कम्युनिष्ट सरकारले निजी क्षेत्रलाई भन्दा सहकारीलाई बढी प्राथमिकतामा राखेको छ । आर्थिक विकासमा सहकारीको भूमिकालाई उच्च प्राथमिकतामा राखिएको बजेट निर्माणमा संलग्न अधिकारीहरु बताउँछन् ।
‘निजी क्षेत्रको भूमिकालाई पनि खुम्च्याइएको चाहीँ छैन, तर सहकारिको भूमिकालाई बढाइएको छ,’ अर्थ मन्त्रालय स्रोतले भन्यो, ‘धेरै काम सहकारीले नै गर्ने भनिएको छ ।’ सहकारीका माध्यमबाट समानुपातिक आर्थिक विकास र समतामूलक समाज निर्माण गर्न सकिने अर्थमन्त्रीको बुझाइ छ ।
‘सहकारीले काम गर्न पाउने दायरा बढाइएको छ,’ स्रोतले भन्यो, ‘के के बढाइएको छ भनेर अहिल्यै भन्न मिल्दैन । साँझ थाहा पाइहाल्नुहुन्छ नि ।’
२०५१ सामा तत्काली अर्थमन्त्री भरतमोहन अधिकारीले पनि सहकारीलाई विशेष प्राथमिकता दिँदै बजेट ल्याएका थिए । ‘गाउँ–गाउँमा सहकारी, घरघरमा रोजगारी,’ एमाले सरकारको नारा नै थियो ।
अर्थमन्त्री डा खतिवडाले पनि सार्वजानिक कार्यक्रमहरुमै सहकारीलाई बढी सक्रिय गराउने किसिमका अभिव्यक्तिहरु दिँदै आएका छन् ।
प्रतिक्रिया