कृष्णबहादुर महरालाई अस्पाल लगियो
सारांश
- निर्वतमान सभामुख कृष्णबहादुर महरा अस्पताल भर्ना भएका छन् ।
- प्रेसरको समस्या देखिएपछि महरालाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो ।
- महरालाई उच्च रक्तचाप र मधुमेहको समस्या छ ।
निर्वतमान सभामुख कृष्णबहादुर महरा अस्पताल भर्ना भएका छन् । प्रेसरको समस्या देखिएपछि महरालाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो ।
महरालाई उच्च रक्तचाप र मधुमेहको समस्या छ । हिरासतमा नै रहँदा स्वासप्रस्वासमा समस्या आएपछि प्रहरीले हिरासतमै अक्सिजनको व्यवस्था गरेको थियो । तर, समस्या बढ्दै गएपछि अस्पताल भर्ना गर्नुपरेको प्रहरीले जनाएको छ ।
संसद सचिवालयका कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा महरालाई असोज १९ गते सभामुख निवासबाटै प्रहरीले पक्राउ गरेको थियो । उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा रािखएको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया