क्यान इन्फोटेक ११ माघदेखि हुँदै

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २, २०७४
|
|
२२ पटक हेरिएको
Shares
क्यान इन्फोटेक ११ माघदेखि हुँदै

सारांश

  • क्यान महासंघले हरेक वर्ष आयोजना गर्दै आएको ‘क्यान इन्फोटेक’ यो वर्ष ११ माघदेखि हुने भएको छ ।
  • सुबिसु केबल नेट प्रा.
  • लिको शीर्ष प्रायोजनमा क्यान इन्फोटेकको २४औं संस्करण भृकुटीमण्डप काठमाडौंमा हुनेछ ।

क्यान महासंघले हरेक वर्ष आयोजना गर्दै आएको ‘क्यान इन्फोटेक’ यो वर्ष ११ माघदेखि हुने भएको छ ।

सुबिसु केबल नेट प्रा.लिको शीर्ष प्रायोजनमा क्यान इन्फोटेकको २४औं संस्करण भृकुटीमण्डप काठमाडौंमा हुनेछ ।

११ माघमा शुरु भएको मेला १६ माघसम्म चल्ने आयोजक क्यान महासंघले जनाएको छ ।

छ दिनसम्म चल्ने मेलामा सूचना र सञ्चार प्रविधिसँग सम्बन्धित विभिन्न कम्पनीहरुका २०० वटा स्टल रहनेछन् ।

मेलामा कम्प्युटर, इन्टरनेट, मोबाइल कम्पनीका साथै ब्यांक तथा आईटीसँग सम्बन्धित कलेजहरुको समेत सहभागिता रहनेछ ।

मेला अवलोकनका लागि १०० रुपैयाँ शुल्क तोकिएको छ । विद्यार्थीहरुलाई भने ५० प्रतिशत छुट हुनेछ । त्यस्तै सरकारी विद्यालयबाट अग्रिम रुपमा लिखित जानकारी आए त्यहाँ अध्ययनरत विद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था समेत रहेको क्यानले जनाएको छ । अनलाइनबाट टिकट खरीद गर्नेहरुलाई २० प्रतिशत छुट हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?