प्रचण्ड पुगे देउवा निवास, आज तीन दलको निर्णायक वार्ता
सारांश
- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलको बैठकमा भाग लिनको लागि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देउवा निवास बुढानिलकण्ठ पुगेका छन् ।
- अहिले केही बेरमै सुरु हुने बैठकमा भाग लिनको लागि माओवादी केन्द्रबाट अध्यक्ष दाहालसहित नेताहरु कृष्णबहादुर महरा, नारायणकाजी श्रेष्ठ र देवप्रसाद गुरुङ बुढानिलकण्ठ पुगिसकेका छन् ।
- उता, जसपाका नेताहरु भने बुढानिलकण्ठ पुगेपनि छुट्टै छलफलमा जुटेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलको बैठकमा भाग लिनको लागि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देउवा निवास बुढानिलकण्ठ पुगेका छन् ।
अहिले केही बेरमै सुरु हुने बैठकमा भाग लिनको लागि माओवादी केन्द्रबाट अध्यक्ष दाहालसहित नेताहरु कृष्णबहादुर महरा, नारायणकाजी श्रेष्ठ र देवप्रसाद गुरुङ बुढानिलकण्ठ पुगिसकेका छन् ।
उता, जसपाका नेताहरु भने बुढानिलकण्ठ पुगेपनि छुट्टै छलफलमा जुटेका छन् । वर्तमान सरकारलाई विस्थापित गरेर नयाँ सरकार बनाउने विषयमा कांग्रेस, माओवादी केन्द्र र जसपाबीच आज निर्णायक छलफल हुन लागेको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया