चिलीकी चर्चित गायिका अवार्ड समारोहमा किन नांगिइन्?

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १, २०७६
|
|
२६ पटक हेरिएको
Shares
चिलीकी चर्चित गायिका अवार्ड समारोहमा किन नांगिइन्?

सारांश

  • एजेन्सी।
  • चिलीकी चर्चित गायिका मोन लाफर्ते लाटिन ग्रयामी एउटा शोका क्रममा टपलेस भएकी छन्।
  • सरकारको विरोध गर्ने क्रममा उनी टपलेस बनेकी हुन्।

एजेन्सी। चिलीकी चर्चित गायिका मोन लाफर्ते लाटिन ग्रयामी एउटा शोका क्रममा टपलेस भएकी छन्। सरकारको विरोध गर्ने क्रममा उनी टपलेस बनेकी हुन्। लस वेगसमा ३६ वर्षीया गायिका तथा गीतकार मोन लाफर्ते रेड कार्पेटमा अवार्ड समारोहमा भाग लिन आएकी थिइन्। उनले चिलीमा प्रहरीको दमन विरुद्धमा शरीरमा लगाएको कपडा उतारेर विरोधी जनाएको बीबीसीले जनाएको छ।

रेड कार्पेटमा पुगेकी मोन एक ठाउँमा पुगेपछि उभिइन् र उनले आफूले लगाएको कालो ज्याकेट उतारि। उनको छातिमा लेखिएको थियो–चिलीमा ती बलात्कार र प्रताडित गरेर मानिसहरुको हत्या गरिएको छ। चिलीमा मानिसहरु एक महिला भन्दै धेरै समयदेखि सरकारी उपेक्षा र आर्थिक गैरबराबरी विरुद्ध प्रदर्शन गरिरहेका छन्।’

यो विरोध प्रदर्शनमा हालसम्म २० जना भन्दा धेरैको ज्यान गइसकेको छ। यी मध्ये पाँच जनाको मृत्यु सुरक्षाकर्मीबाट भएको बताइएको छ। सुरक्षाकर्मीमाथि प्रताडना, बलातकार र हिंसा भड्काएको आरोप लगाइएको छ। प्रहरीले पेलेट गनको प्रयोग गरेका कारण धरैले आफ्नो आँखाको ज्याति गुमाएका छन्। हजारौं मानिसलाई पक्राउ गरिएको छ। यद्यपी पछि उनीहरुलाई रिहा गरिएको छ।

मोन लाफर्ते लाटिन ग्रयामी अवार्डमा बेस्ट अल्टर्ने्टिभ एल्बम अवार्डमा सहभागी हुन आएकी थिइन्। उनले उक्त अवार्ड चिलीका जनतालाई समर्पित गरेकी छन्। मोनले यो अवार्डको एउटा फोटो आफ्नो इन्स्टाग्राममा शेयर गरेकी छन्। उनले लेखेकी छन्–मेरो शरीर एक स्वतन्त्र मातृभूमिका लागि स्वतन्त्र छ।’ यो फोटोमा मोन टपलेश छिन्। उनले छातिमा आफ्नो विरोध लेखेकी छन्।

चिलीका कलाकार, खेलाडी र महिलाले सरकार विरोधी प्रदर्शनमा खुलेर साथ दिएका छन्। चिलीमा प्रदर्शनको सुरुवात महानगरमा भाडा बृद्धिको विरोधमा भएको थियो। तर पछि यो प्रदर्शन सरकार विरोधी बन्न पुग्यो। अहिले प्रदर्शनकारीले तानाशाह अगस्ट पिनोचेटले स्थापित गरेको राजनीतिक र आर्थिक व्यवस्था परिवर्तन गर्नु पर्ने रहेको छ।

चिलीका राष्ट्रिय टिमका फुटबल खेलाडीले अघिल्लो हप्ता पेरु विरुद्धको खेल नखेल्ने निर्णय गरेका थिए। चिली फुटबल टिमका कप्तान गैरी मेडलले भने–हामी फुटबलर हौं। तर हामी त्यो भन्दा पहिला जनता र नागरिक हौं। अहिले हाम्रो लागि चिली फुटबले खेल भन्दा महत्वपूर्ण छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

थप दुई दिन लम्बियो कांग्रेस महासमिति बैठक, विधान संसोधन प्रस्ताव भोली मात्रै पेश हुने
थप दुई दिन लम्बियो कांग्रेस महासमिति बैठक, विधान संसोधन प्रस्ताव भोली मात्रै पेश हुने
ग्रेटर नेपालका अभियन्ताले गरे पूर्वराजालाई प्रश्नः फेसबुकमा चेतावनी !
ग्रेटर नेपालका अभियन्ताले गरे पूर्वराजालाई प्रश्नः फेसबुकमा चेतावनी !
र्याप भनेको एउटा आर्ट हो , कबित हो , लिट्रेचर हो, म्युजिक हो – सविन खड्का
र्याप भनेको एउटा आर्ट हो , कबित हो , लिट्रेचर हो, म्युजिक हो – सविन खड्का
सङ्घीय शिक्षा ऐन छिटो ल्याउन शिक्षक सङ्घको माग
सङ्घीय शिक्षा ऐन छिटो ल्याउन शिक्षक सङ्घको माग
प्रहरी प्रधान कार्यालयबाटै औँठाछाप प्रमाणित
प्रहरी प्रधान कार्यालयबाटै औँठाछाप प्रमाणित
तामाङ समाज अमेरिकाद्वारा नेपाली भाषाको कक्षा’नाङसाल’ संचालन
तामाङ समाज अमेरिकाद्वारा नेपाली भाषाको कक्षा’नाङसाल’ संचालन
मतदाता परिचयपत्र वितरण शुरु
मतदाता परिचयपत्र वितरण शुरु
सचिव सरुवा स्वभाविक प्रक्रिया हो, चुनावमा कुनै असर पर्दैन : प्रमुख निर्वाचन आयुक्त
सचिव सरुवा स्वभाविक प्रक्रिया हो, चुनावमा कुनै असर पर्दैन : प्रमुख निर्वाचन आयुक्त
२०७२ को भारतीय नाकाबन्दीका सूत्रधार डोभल मोदीको टोलीमा !
२०७२ को भारतीय नाकाबन्दीका सूत्रधार डोभल मोदीको टोलीमा !
१३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट,तपाईको स्थानीय तहमा कति छुट्याइयो ?
१३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट,तपाईको स्थानीय तहमा कति छुट्याइयो ?

तपाईंले छुटाउनुभयो कि?