सचिव सरुवा स्वभाविक प्रक्रिया हो, चुनावमा कुनै असर पर्दैन : प्रमुख निर्वाचन आयुक्त

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ९, २०७४
|
|
२३ पटक हेरिएको
Shares
सचिव सरुवा स्वभाविक प्रक्रिया हो, चुनावमा कुनै असर पर्दैन : प्रमुख निर्वाचन आयुक्त

सारांश

  • काठमाडौं, असार ९ – प्रमुख निर्वाचन आयुक्त डा.
  • अयोधि प्रसाद यादवले निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीको सरुवाले असार १४ गतेको दोस्रो चरणको स्थानीय तहको चुनावलाई कुनै असर नपर्ने स्पष्ट पार्नुभएको छ ।
  •   शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख निर्वाचन आयुक्त डा.

काठमाडौं, असार ९ – प्रमुख निर्वाचन आयुक्त डा. अयोधि प्रसाद यादवले निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीको सरुवाले असार १४ गतेको दोस्रो चरणको स्थानीय तहको चुनावलाई कुनै असर नपर्ने स्पष्ट पार्नुभएको छ ।  शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख निर्वाचन आयुक्त डा. यादवले निर्वाचन आयोगका सचिवको हिजो भएको सरुवाले असार १४ गतेको दोस्रो चरणको स्थानीयतहको चुनावालई कुनै पनि असर नपर्ने बताउनुभयो । उहाँले  भन्नुभयो ‘सचिवको सरुवाले निर्वाचन सम्बन्धी व्यवस्थापकीय काममा कुनै बाधा, अड्चन र अवरोध पर्दैन्, हाम्रो व्यवस्थापन अत्यन्तै सुदृढ छ, हामी चुस्त, दुरुस्तका साथ अघि बढेका छौं, निर्वाचन आयोगले प्रणालीले चलेको संस्था हो, कर्मचारीको सरुवाले केही फरक पर्दैन् ।’  साक्षात्कारमा बोल्दै यादवले आयोगका सचिवको सरुवालाई आफूहरुले सहज रुपमा लिएको समेत स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?