तामाङ समाज अमेरिकाद्वारा नेपाली भाषाको कक्षा’नाङसाल’ संचालन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १, २०७५
|
|
४२ पटक हेरिएको
Shares
तामाङ समाज अमेरिकाद्वारा नेपाली भाषाको कक्षा’नाङसाल’ संचालन

सारांश

  • न्युयोर्क, १ कार्तिक ।
  • तामाङ समाज अमेरिकाद्वारा संस्थाको कार्यालय न्यूयोर्कमा नेपाली बालबालिकाहरुको निम्ति नेपाली भाषाको कक्षा ‘नाङसाल’संचालनमा ल्याएको छ ।
  • अमेरिकामा जन्मिएका नेपाली समुदायका बालबालिकाहरुले नेपाली भाषा बोल्न छाडेका कारण तामाङ समाज अमेरिकाले प्रवासमा रहेको नेपाली बालबालिकाहरुलाई नेपाली भाषा, रितिथिति, भेष-भूषा, संस्कार-संस्कृति सिकाउने मुख्य उद्धेश्यका साथ नेपाली भाषाको कक्षा’नाङसाल संचालनमा ल्याईएको हो ।

न्युयोर्क, १ कार्तिक । तामाङ समाज अमेरिकाद्वारा संस्थाको कार्यालय न्यूयोर्कमा नेपाली बालबालिकाहरुको निम्ति नेपाली भाषाको कक्षा ‘नाङसाल’संचालनमा ल्याएको छ ।
अमेरिकामा जन्मिएका नेपाली समुदायका बालबालिकाहरुले नेपाली भाषा बोल्न छाडेका कारण तामाङ समाज अमेरिकाले प्रवासमा रहेको नेपाली बालबालिकाहरुलाई नेपाली भाषा, रितिथिति, भेष-भूषा, संस्कार-संस्कृति सिकाउने मुख्य उद्धेश्यका साथ नेपाली भाषाको कक्षा’नाङसाल संचालनमा ल्याईएको हो ।

तामाङ समाज अमेरिकाले नेपाली समुदायको बालबालिकाहरूलाई नेपाली भाषा, रितिथिति, संस्कार संस्कृति, भेषभुषा आदिको संरक्षण, सम्बर्द्धन र बिकास गर्दै पछिल्लो पुस्तालाई सिकाउदै हस्तारण गर्ने मुख्य लक्ष र उद्धेश्यका साथ नाङसाल नेपाली भाषा कक्षा संचालनमा ल्याएको हो । हरेक आइतवार बिहान १० बजे देखि १२ बजे सम्म दुई घण्टा कक्षा संचालन गरिएको र छिट्टै तामाङ भाषा र अंग्रेजी भाषाको कक्षा संचालनको लागि गृहकार्य गरिरहेको छ । विद्धार्थीहरूलाई संयोजन गर्ने र नेपाली भाषाको कक्षा संचालन गर्ने काम बाल बिभागका संयोजक रेणु वाइबा तामाङ र कोषाध्यक्ष फुरु लामा तामाङले गर्नु भएको छ । नेपाली डायस्पोरामा एकता र आपसी सदभावको अभिबृद्धिका साथसाथै सबल, सभ्य र स्वास्थ्य समाजको परिकल्पना सहितको शिक्षाले संस्थाको लक्ष्य र उद्देश्य अनुरुपको काम गर्न थालेको तामाङ समाज अमेरिकाका अध्यक्ष सानुमाया तामाङ्ले बताउनु भयो ।

३९/३० ५८ स्ट्रीट, तामाङ समाज अमेरिकाको कार्यालयमा हरेक आइतबार बिहान १० बजे देखी १२ बजे सम्म हुने भएकाे हाे । तामाङ समाज अमेरिकाको कार्यलयमा नेपाली भाषाको कक्षा संचालन भईरहेको हुँदा अमेरिकामा रहेका सबै अभिभावकहरूलाई आफ्नो बालबालिकाहरूलाई नेपाली भाषाको कक्षामा सहभागी गराई दिनुहुन हार्दिक अनुरोध गरेकाे छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिवन्धित विप्लव समूहको बन्दका कारण राजधानीको जनजीवन प्रभावित
प्रतिवन्धित विप्लव समूहको बन्दका कारण राजधानीको जनजीवन प्रभावित
विवाह पञ्चमी महोत्सवको आज ५ औँ दिन, सीताको मटकोर गरिँदै
विवाह पञ्चमी महोत्सवको आज ५ औँ दिन, सीताको मटकोर गरिँदै
कामका लागि विदेशिनु पर्दैनः श्रममन्त्री गोकर्णराज विष्ट !
कामका लागि विदेशिनु पर्दैनः श्रममन्त्री गोकर्णराज विष्ट !
निजामती सेवासम्बन्धी विधेयक यथाशक्य छिटो संसद्बाट पारित हुन्छ: प्रधानमन्त्री
निजामती सेवासम्बन्धी विधेयक यथाशक्य छिटो संसद्बाट पारित हुन्छ: प्रधानमन्त्री
मिलानद्वारा टोटनहम १-० ले पराजित
मिलानद्वारा टोटनहम १-० ले पराजित
फूल खेतीतर्फ आकर्षण बढ्दो….
फूल खेतीतर्फ आकर्षण बढ्दो….
आज थपिए २७८ जना कोरोना संक्रमित
आज थपिए २७८ जना कोरोना संक्रमित
श्रोत नखुलेको रकम नेपाल ल्याएपछि आनी छोइङ डोल्मामाथि अनुसन्धान सुरु
श्रोत नखुलेको रकम नेपाल ल्याएपछि आनी छोइङ डोल्मामाथि अनुसन्धान सुरु
स्वतन्त्र पत्रकार संघ नेपाल काठमाडौं शाखा र गूड हुमन सस्थाले स्वास्थ्य तथा खाद्य सामग्री वितरण
स्वतन्त्र पत्रकार संघ नेपाल काठमाडौं शाखा र गूड हुमन सस्थाले स्वास्थ्य तथा खाद्य सामग्री वितरण
गौतमबुद्ध विमानस्थलमा पहिलाे अन्तर्राष्ट्रिय उडान
गौतमबुद्ध विमानस्थलमा पहिलाे अन्तर्राष्ट्रिय उडान