धान खरिद शुरु

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २, २०७६
|
|
२२ पटक हेरिएको
Shares
धान खरिद शुरु

सारांश

  • यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड अञ्चल कार्यालयले बाँकेका किसानसँग धान खरिद शुरु गरेको छ ।
  • संस्थानको खरिद केन्द्रबाट धान खरिद गर्न थालिएको छ ।
  • मोटा र मध्यम गरी आजसम्म करिब एक हजार ७०० क्विन्टल धान खरिद गरिसकिएको कार्यालय प्रमुख भरतराज खनियाले जानकारी दिनुभयो ।

यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड अञ्चल कार्यालयले बाँकेका किसानसँग धान खरिद शुरु गरेको छ । संस्थानको खरिद केन्द्रबाट धान खरिद गर्न थालिएको छ । मोटा र मध्यम गरी आजसम्म करिब एक हजार ७०० क्विन्टल धान खरिद गरिसकिएको कार्यालय प्रमुख भरतराज खनियाले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यालयले यस वर्ष मोटा धान प्रतिक्विन्टल रु दुई हजार ५३२ र मध्यम धान प्रतिक्विन्टल रु दुई हजार ६७३ मा खरिद गर्न मूल्य निर्धारण गरेको छ । कात्तिक २७ गतेबाट खरिद शुरु गरेको कार्यालयले यस वर्र्ष ३५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य निर्धारण गरेको छ ।

बाँकेमा यस वर्ष धान उत्पादन राम्रो भएकाले लक्ष्यअनुसार खरिद गर्न सकिने सो कार्यालयको अनुमान छ । कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालका अनुसार, यो वर्ष बाँकेमा ३६ हजार ५०० हेक्टरमा धान खेती गरिएको छ । बाँकेका किसानहरुले यसवर्ष पनि राधा—४, सुख्खा—३, सावित्री, मन्सुली, रामधान जातका धान खेती गरेका छन् ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?