वीरगञ्ज नाकाबाट इन्धन आयात र मूल्य घटेपछि राजश्व बृद्धि

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष २१, २०७७
|
|
३० पटक हेरिएको
Shares
वीरगञ्ज नाकाबाट इन्धन आयात र मूल्य घटेपछि राजश्व बृद्धि

सारांश

  • अघिल्लो वर्षको तुलनामा यो वर्ष इन्धनको आयात घटे पनि त्यसबाट सरकारलाई आउने राजस्व भने बढेको छ ।
  • राजस्वमा मुख्य योगदान दिने डिजेल र पेट्रोलको आयातमा भन्सार दर बढाइएपछि आयात खुम्चिए पनि राजस्व बढी उठेको हो ।
  • इन्धन भित्रिने मुख्य नाका वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७७र७८ को ८ महीनामा यो नाकाबाट डिजेल र पेट्रोल दुवै वस्तुको आयात घटेको छ ।

अघिल्लो वर्षको तुलनामा यो वर्ष इन्धनको आयात घटे पनि त्यसबाट सरकारलाई आउने राजस्व भने बढेको छ । राजस्वमा मुख्य योगदान दिने डिजेल र पेट्रोलको आयातमा भन्सार दर बढाइएपछि आयात खुम्चिए पनि राजस्व बढी उठेको हो ।

इन्धन भित्रिने मुख्य नाका वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७७र७८ को ८ महीनामा यो नाकाबाट डिजेल र पेट्रोल दुवै वस्तुको आयात घटेको छ । गत आव २०७६र७७ को समीक्षा अवधिको तुलनामा आयात र भन्सार घोषणा मूल्य कम देखिन्छ ।

परिमाण र मूल्य घट्दा पनि सरकारलाई आउने राजस्व बढेको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश आचार्यले बताए । सरकारले चालू आवमा डिजेल र पेट्रोलमा पैठारी भन्सार दर बढाएकाले राजस्व सकारात्मक देखिएको प्रमुख भन्सार प्रशासक आचार्यले बताए ।

सरकारले यो वर्ष डिजेलको भन्सार दर प्रति किलोलिटर (केएल) १२ हजार रुपैयाँ पु¥याएको छ । अघिल्लो वर्षसम्म यो दर २ हजारमात्र थियो । त्यस्तै पेट्रोल आयातमा लाग्दै आएको प्रति केएल १५ हजार २ सय रुपैयाँ भन्सार दर २५ हजार २ सय रुपैयाँ पुगेको आचार्यले बताए । ‘डिजेल र पेट्रोल आयातमा अघिल्लो वर्षको तुलनामा यो वर्ष भन्सार दर बढेको छ । भन्सार दर बढेपछि परिमाण घटे पनि राजस्व बढी संकलन भयो,’ प्रमुख भन्सार प्रशासक आचार्यले आर्थिक अभियानसँग भने ।

चालू आवको साउनदेखि मङ्सिरसम्ममा यो नाकाबाट १५ अर्ब ९६ करोड रुपैयाँ बराबरको ३ लाख ६१ हजार केएल डिजेल भित्रिएको छ । अघिल्लो वर्षको समीक्षा अवधिमा ३ लाख ८३ हजार केएल डिजेल आयात हुँदा २४ अर्ब ६८ करोड रुपैयाँ खर्च भएको थियो ।

डिजेलको आयात परिमाण ६ प्रतिशतले घट्दा यसबाट सरकारलाई आउने राजस्व भने ६७ प्रतिशतले बढेको भन्सारको तथ्यांकले देखाउँछ । गतवर्षको पहिलो ८ महीनामा भन्सारले डिजेलबाट ७ अर्ब ९ करोड रुपैयाँ भन्सार महसुल उठाएको थियो ।

यो वर्ष मङ्सिरसम्ममा ११ अर्ब ८३ करोड राजस्व आएको वीरगञ्ज भन्सारले बताएको छ । भन्सारका अनुसार डिजेल राजस्वमा योगदान दिने मुख्य वस्तु हो । यस अवधिमा डिजेल आयातबाट सबैभन्दा बढी ९कुल राजस्वमा २० प्रतिशत० उठेको भन्सारको तथ्यांक छ । आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री,राष्ट्रप्रमुखमा राष्ट्रिय एकताको प्रतिक राजसंस्था र स्थानिय स्वायत्त शासन प्रणालीवारे बहस गरौं : कमल थापा
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री,राष्ट्रप्रमुखमा राष्ट्रिय एकताको प्रतिक राजसंस्था र स्थानिय स्वायत्त शासन प्रणालीवारे बहस गरौं : कमल थापा
२४ घन्टाभित्र जनतालाई सेवा दिन नसक्ने राज्यका निकायलाई कारबाही गर्नुपर्ने
२४ घन्टाभित्र जनतालाई सेवा दिन नसक्ने राज्यका निकायलाई कारबाही गर्नुपर्ने
विश्वकप २०१८ को खेल तालिका नेपाली मिति अनुसार (फोटो सहित)
विश्वकप २०१८ को खेल तालिका नेपाली मिति अनुसार (फोटो सहित)
आज २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस, निर्धारित सबै औपचारिक कार्यक्रम स्थगित
आज २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस, निर्धारित सबै औपचारिक कार्यक्रम स्थगित
प्रम ओली कलैया अस्पताल निरीक्षणमा
प्रम ओली कलैया अस्पताल निरीक्षणमा
लघु चलचित्र प्रतियोगिता हुँदै
लघु चलचित्र प्रतियोगिता हुँदै
अदालतप्रति ठडिएको औंला हेरेर काम गर्न प्रधानन्यायाधीश राणाको निर्देशन
अदालतप्रति ठडिएको औंला हेरेर काम गर्न प्रधानन्यायाधीश राणाको निर्देशन
श्रीमतीको लौरो प्रहारबाट श्रीमानको मृत्यु
श्रीमतीको लौरो प्रहारबाट श्रीमानको मृत्यु
विदेशमा प्रतिबन्धित औषधि नेपालमा उत्पादन र बिक्री
विदेशमा प्रतिबन्धित औषधि नेपालमा उत्पादन र बिक्री
कर्णाली प्रदेशको भागमा थोत्रा गाडी ! मन्त्रीहरु हैरान !
कर्णाली प्रदेशको भागमा थोत्रा गाडी ! मन्त्रीहरु हैरान !

तपाईंले छुटाउनुभयो कि?