एकीकृत समाजवादीका नेताहरूको जिम्मेवारी बाँडफाँडमै सकस

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १४, २०८१
|
|
२७ पटक हेरिएको
Shares
एकीकृत समाजवादीका नेताहरूको जिम्मेवारी बाँडफाँडमै सकस

सारांश

  • काठमाडौं।
  • निर्णय प्रक्रिया सुस्त हुँदा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का नेताहरूको जिम्मेवारी बाँडफाँडमा सकस परेको छ ।
  • पार्टी महाधिवेशन भएको पाँच महिना बितिसक्दासमेत नेताहरूको जिम्मेवारी बाँडफाँड हुन नसक्दा पार्टी काम पनि सुस्त देखिएको छ ।

काठमाडौं। निर्णय प्रक्रिया सुस्त हुँदा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का नेताहरूको जिम्मेवारी बाँडफाँडमा सकस परेको छ । पार्टी महाधिवेशन भएको पाँच महिना बितिसक्दासमेत नेताहरूको जिम्मेवारी बाँडफाँड हुन नसक्दा पार्टी काम पनि सुस्त देखिएको छ ।

एकीकृत समाजवादीको १०औं महाधिवेशन १६–२१ मंसिरमा काठमाडौंमा सम्पन्न भएको थियो । सम्पन्न महाधिवेशनबाट अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहित ९३ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत चयन गर्दै सम्पन्न भएको थियो । तर, त्यसयता केन्द्रीय सदस्यहरू किस्ताबन्दीमा थप्ने काम भयो । विधानमा २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी हुने व्यवस्था भए पनि संशोधन गरेर ३ सय ४१ बनाइएको छ । पोलिटब्युरो सदस्य १ सय १५ जना छन् ।

पदाधिकारी र पोलिटब्युरो सदस्यका लागि केन्द्रीय कमिटीमा निर्वाचन नै गर्नुप¥यो । सर्वसम्मत हुन नसकेपछि निर्वाचन भयो । त्यसयता कतिपय नेताहरू असन्तुष्ट भएका छन् । असन्तुष्ट नेताहरूले पार्टी विभाजन गर्ने तहसम्म पुगेका छन् ।

हाललाई २१ सदस्यीय पदाधिकारीलाई स्थायी कमिटी भनिएको छ । विधानअनुसार स्थायी कमिटीले समेत पूर्णता पाउन सकेको छैन । नेताहरूको जिम्मेवारी बाँडफाँड गर्न नसक्दा नेताहरू जिम्मेवारीविहीन मात्रै भएका छैनन्, पार्टीको कामले गतिसमेत लिन सकेको छैन ।

एकीकृत समाजवादीका उपमहासचिव रामकुमार भट्टराईले विभिन्न कारणले नेताहरूको जिम्मेवारी बाँडफाँडमा ढिलाइ हुन गएको बताए । जिम्मेवारी बाँडफाँडका लागि गृहकार्य जारी रहेको बताउँदै उनले केही दिनभित्रैमा टुंगो लगाएर पार्टीको कामसमेत तीव्र रूपमा अगाडि बढ्ने बताए ।

‘महाधिवेशनयता बाढीपहिरो, दसैं, दीपावली, छठसहितका चाडपर्व, उपनिर्वाचनलगायतका विभिन्न कारणले नेताहरूको जिम्मेवारी बाँडफाँडमा ढिलाइ हुन गयो । पार्टी शीर्ष नेताहरूको त्यसको गृहकार्यमा हुनुहुन्छ । छिट्टै नै जिम्मेवारी बाँडफाँड हुँदै छ,’ कार्यालय सचिवको जिम्मेवारी समेत पाएका उपमहासचिव भट्टराईले  भने ।

नेताहरूको कार्यविभाजनका लागि अध्यक्ष नेपाल, सम्मानित नेता खनाल, वरिष्ठ नेताहरू डा. वेदुराम भुसाल, घनेन्द्र बस्नेत र प्रमेश हमाल तथा वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव भुसाल रहेको कार्यदल गठन गरिएको छ । यो कार्यदलले ‘एक पद एक व्यक्ति’ प्रणालीका आधारमा कार्यविभाजन गर्ने गृहकार्य गरिरहेको छ । एकीकृत समाजवादीमा महाधिवेशनपछि चुलिएको विवादका कारण नेताहरूको कार्यविभाजनमै ढिलासुस्ती देखिएको हो । कार्यविभाजनमा ढिलाइ हुँदा कार्यकर्तामा निराशा, आक्रोश र पलायनसम्म देखिएको छ ।

एकीकृत समाजवादीका सचिव सोमप्रसाद पाण्डेले पार्टीले सबै तहका कमिटीमा संगठनलाई थप सुदृढीकरण गरी गतिशील बनाउन पार्टीका सबै तहका नेतालाई व्यवस्थापन गर्न ‘एक पद एक व्यक्ति’को अवधारणा कार्यान्वयन गर्न लागिएको जनाएका छन् ।

पार्टीमा आलोचनात्मक टिप्पणी गर्ने, फरक विचार पक्षधरलाई ठोस जिम्मेवारीमा केन्द्रित गर्नेगरी नेताको जिम्मेवारी कार्यविभाजन गर्न लागिएको उनले बताए । कार्यविभाजनका लागि गठन भएको कार्यदलले पार्टीका असन्तुष्ट नेतासँग समेत छलफल गरी उनीहरूलाई पनि केन्द्रीय जिम्मेवारी प्रदान गर्ने तयारी गरेको पार्टीले जनाएको छ ।

नेताहरूको क्षमता, विगतका कार्यसम्पादनको मूल्यांकन गर्न गठित कार्यदलले जिम्मेवारी हेरफेर तथा सांगठनिक संरचनामा कार्यविभाजनका लागि गृहकार्य गरेको सचिव पाण्डेले जनाएका छन् ।

विभागीय प्रमुख तथा जनवर्गीय संगठन, प्रदेश इन्चार्ज तोकिने र आवश्यकतानुसार अन्य नेताहरूको कार्यविभाजन गरिने बताइएको छ । एकीकृत समाजवादीमा अहिले ३१ वटा विभागहरू रहेका छन् । अनुशासन, लेखा, निर्वाचन गरी तीन आयोग रहेको छ ।

शक्तिशाली विभाग प्रमुख बन्न तँछाडमछाड

एकीकृत समाजवादीमा विभिन्न ३१ विभागहरू रहेका छन् । त्यसमध्ये केही शक्तिशाली भनिएका विभागको प्रमुख बन्न नेताहरू तँछाडमछाड गर्दा जिम्मेवारी बाँडफाँडमा सकस भएको बताइएको छ ।

संगठन, विदेश, प्रचार, अर्थ, पार्टी स्कुल विभागहरूको प्रमुख बन्न नेताहरू दावी गरेका छन् । साथै, केन्द्रीय कार्यालय सचिवमा समेत नेताहरूको दाबी छ । एउटै विभागमा विभिन्न नेताहरूले दाबी गरेपछि जिम्मेवारी बाँडफाँडमा ढिलाइ हुन गएको हो ।

संगठन विभाग प्रमुख बन्नका लागि वरिष्ठ नेताहरू डा. वेदुराम भुसाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसालले दाबी गरेका छन् । पार्टीमा संगठन विभाग महत्वपूर्ण र शक्तिशाली मानिन्छ । यस्तै, विदेश विभाग प्रमुखका लागि सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ नेता प्रमेश हमालले दाबी गरेका छन् ।

प्रचार विभागको प्रमुखका लागि वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेका साथै उपाध्यक्षद्वय जगन्नाथ खतिवडा, प्रकाश ज्वाला, सचिवद्वय मेटमणि चौधरी, सोमप्रसाद पाण्डेको नाम चर्चामा रहेको छ । उपाध्यक्ष खतिवडा र सचिव पाण्डेले प्रचार वा अर्थ विभाग प्रमुखको जिम्मेवारी पाउनुपर्ने आन्तरिक दाबी गरेका छन् ।

यस्तै, पार्टी स्कुल विभागका लागि वरिष्ठ नेताद्वय डा. वेदुराम भुसाल, प्रमेश हमालले दावी गर्दै आएका छन् । अर्को व्यवस्था नहुन्जेल कार्यालय सचिवको जिम्मेवारी पाएका उपमहासचिव रामकुमार भट्टराई र उपमहासचिव गरिमा शाहले समेत कार्यालय सचिव पाउनुपर्ने दाबी गरेका छन् ।

‘वेदुराम, प्रमेश, घनेन्द्रसहितका मनोनीत वरिष्ठ नेताहरूले कार्यकारी जिम्मेवारी खोजेकाले समेत जिम्मेवारी बाँडफाँडमा ढिलाइ हुन गएको हो । निर्वाचित पदाधिकारीजस्तै मनोनीत वरिष्ठ नेताहरूले महत्वपूर्ण विभागमा दाबी गर्नासाथ कुरा नमिलेको हो । साथै, पुराना र नयाँ केन्द्रीय सदस्यहरूले समेत जिल्ला इन्चार्जमा दाबी गरेकाले ढिलाइ भएको छ,’ एकीकृत समाजवादी स्रोतको दाबी छ ।

एकीकृत समाजवादीका सम्मानित नेता खनालले छिट्टै नै नेताहरूको जिम्मेवारी बाँडफाँड सकेर पार्टीलाई तीव्र गतिमा अगाडि बढाउने काम हुने बताए । अहिले पनि पार्टीको गति तीव्र रूपमा अगाडि बढिरहेको बताउँदै उनले प्रदेश अधिवेशनहरू भइरहेका बताए । जिम्मेवारी बाँडफाँड सकेर थप गतिका साथ पार्टी अगाडि बढ्ने उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बादलले सरकारको नेतृत्व गर्ने: गृहमन्त्री वर्षमान, जनार्दन शर्मा किन परेनन् ?
बादलले सरकारको नेतृत्व गर्ने: गृहमन्त्री वर्षमान, जनार्दन शर्मा किन परेनन् ?
मिटरब्याजसँग सम्बन्धित समस्या समाधान गर्न अध्यादेशमार्फत कानून बनाइने
मिटरब्याजसँग सम्बन्धित समस्या समाधान गर्न अध्यादेशमार्फत कानून बनाइने
प्रहरी इन्काउन्टरमा अहिलेसम्म को को मारिए ? के भन्छन् मानवअधिकारकर्मी…
प्रहरी इन्काउन्टरमा अहिलेसम्म को को मारिए ? के भन्छन् मानवअधिकारकर्मी…
नेपालगञ्जलाई ‘महानगरपालिका’ बनाउन सम्भाव्यता अध्ययन सुरु !
नेपालगञ्जलाई ‘महानगरपालिका’ बनाउन सम्भाव्यता अध्ययन सुरु !
अमलटारी घरबास : अध्ययन र अवलोकनको गन्तव्य
अमलटारी घरबास : अध्ययन र अवलोकनको गन्तव्य
प्रदेश र केन्द्रको चुनाव घोषणा भएकैबेला ओलीले ल्याए नयाँ प्रस्ताव
प्रदेश र केन्द्रको चुनाव घोषणा भएकैबेला ओलीले ल्याए नयाँ प्रस्ताव
पार्टी एकताको लागि हामी पछि हट्ने अवस्थामा छैनौं : उपप्रधानमन्त्री महरा (भिडियो/अन्तर्वार्ता)
पार्टी एकताको लागि हामी पछि हट्ने अवस्थामा छैनौं : उपप्रधानमन्त्री महरा (भिडियो/अन्तर्वार्ता)
सय वर्षको इतिहासमा पहिलो पटक बेलायती शाही परिवार अदालतमा
सय वर्षको इतिहासमा पहिलो पटक बेलायती शाही परिवार अदालतमा
सांसदहरुको बिदाइमा नेताको सम्बोधन,सभामुखको रात्रिभोज,सांसदले पाउने भए स्थायी लोगो;
सांसदहरुको बिदाइमा नेताको सम्बोधन,सभामुखको रात्रिभोज,सांसदले पाउने भए स्थायी लोगो;
शेयर बजारमा झिनो अङ्कको सुधार
शेयर बजारमा झिनो अङ्कको सुधार

तपाईंले छुटाउनुभयो कि?