मानवतस्करी: नेपाली किशोरीहरू चीन लैजाने क्रम बढेपछि सीमामा कडाइ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १२, २०७५
|
|
२८ पटक हेरिएको
Shares
मानवतस्करी: नेपाली किशोरीहरू चीन लैजाने क्रम बढेपछि सीमामा कडाइ

सारांश

  • नेपाली किशोरीहरूलाई काम गराउन अवैध रूपमा तिब्बततर्फ लैजाने क्रम बढेको भन्दै चीनसँग जोडिएको सीमानाकामा नेपाली पक्षले कडाइ गर्न थालेको छ।
  • रसुवादेखि उत्तरतर्फ पर्ने चीनको केरुङमा रेस्टुराँ र डान्सबारमा काम लगाइने गरेका नेपाली किशोरीहरू श्रम र यौन शोषणमा पर्ने गरेको पाइएको माइती नेपालका पदाधिकारीले बताएका छन्।
  • रसुवाका स्थानीय बासिन्दाले स्थायी बसोबासको प्रमाण देखाएर केरुङ जान पाउँछन्।

नेपाली किशोरीहरूलाई काम गराउन अवैध रूपमा तिब्बततर्फ लैजाने क्रम बढेको भन्दै चीनसँग जोडिएको सीमानाकामा नेपाली पक्षले कडाइ गर्न थालेको छ। रसुवादेखि उत्तरतर्फ पर्ने चीनको केरुङमा रेस्टुराँ र डान्सबारमा काम लगाइने गरेका नेपाली किशोरीहरू श्रम र यौन शोषणमा पर्ने गरेको पाइएको माइती नेपालका पदाधिकारीले बताएका छन्। रसुवाका स्थानीय बासिन्दाले स्थायी बसोबासको प्रमाण देखाएर केरुङ जान पाउँछन्। तर अन्य जिल्लाका किशोरीहरूलाई नक्कली ‍प्रमाण बनाएर तिब्बततर्फ लग्ने गरिएको बताइएको छ। केही समयदेखि रसुवागढी नाका चीन र नेपालबीच आवतजावत र सामान आयात-निर्यातका लागि एकमात्र नाकाका रूपमा सञ्चालनमा छ।

सीमा कटाउने गर्ने तरिका कस्तो?

अन्य जिल्लाका नेपालीलाई रसुवागढी नाका हुँदै चीन जान प्रवेशाज्ञा नै चाहिन्छ। तर रसुवाका बासिन्दाहरूले चीनको केरुङसम्म जाने विशेष सुविधा पाएका छन्।त्यसको फाइदा उठाउँदै नेपाली किशोरीहरूलाई राम्रो आय हुने कामको प्रलोभनमा पारेर केरुङ लैजाने क्रम बढ्दै गएको अधिकारीहरू बताउँछन्।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी प्रमुख सन्तोष तामाङले भने, “केही गिरोहलाई समातेर हामीले मानव बेचबिखनको मुद्दा पनि चलाएका छौँ। शोषण हुन सक्ने देखेर हामीले केही किशोरीलाई फर्कायौँ र केहीलाई रोक्यौँ।” बीस वर्ष नपुगेका युवतीलाई रसुवागढी नाकामै रोक्ने, जानेहरूको कागजपत्र अध्ययन गर्ने, परिवारसँग कुरा गर्ने र जोखिममा पर्नसक्ने देखिए उनीहरूलाई फर्काउने गरिएको छ।

उद्धार

पछिल्लो पाँच महिनामा एक सय जनाभन्दा बढी किशोरीलाई फर्काइएको छ।

अझै पनि केरुङमा विभिन्न डान्सबार र रेस्टुराँमा पाँच सय नेपाली किशोरी रहेको अनुमान मानव बेचविखनविरुद्ध काम गर्दै आएको संस्था माइती नेपालले जनाएको छ।

त्यो संस्थाका अच्युतकुमार नेपालले भने, “त्यहाँ काम लगाइदिन्छु भनेर लैजाने अनि बन्धक‍जस्तो बनाएर श्रम शोषण र यौन शोषण गर्ने गराएको पाइयो। भारतमा जस्तो चीनमा वस्तुगत अनुगमन गरेर प्रतिवेदन बनाउन गाह्रो छ।”

नेपाल र चीन बीचको अन्तर्राष्ट्रिय नाकाका रूपमा रहेको केरुङ बजार विस्तारका क्रममा रहेको र तातोपानी नाका पनि खोल्ने तयारी भइरहेकाले चीन जाने नाकामा अझै कडाइ र सीमाका जिल्लामा जनचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने उपनिर्देशक नेपालको भनाइ छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गुण्डा नाईके भण्डारीलाई रिहाई नगरे आन्दोलन गर्ने तरुण दलको चेतावनी
गुण्डा नाईके भण्डारीलाई रिहाई नगरे आन्दोलन गर्ने तरुण दलको चेतावनी
प्रधानमन्त्रीबाट मङ्गलबार भेरी– बबई आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ हुने
प्रधानमन्त्रीबाट मङ्गलबार भेरी– बबई आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ हुने
जहाँ एकसय रुपैयाँमा घर किन्न पाइन्छ
जहाँ एकसय रुपैयाँमा घर किन्न पाइन्छ
राजनीतिक दलको घरदैलोसँगै मतदाता शिक्षा
राजनीतिक दलको घरदैलोसँगै मतदाता शिक्षा
नेपालको राष्ट्रियताको चुरो नै मधेसमा : राष्ट्रपति पौडेल
नेपालको राष्ट्रियताको चुरो नै मधेसमा : राष्ट्रपति पौडेल
व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गरिरहेको छु : अर्थमन्त्री डा महत
व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गरिरहेको छु : अर्थमन्त्री डा महत
प्रहरी नायब निरीक्षक यौनहिंसामा पक्राउ, भिडियो खिचेर वर्षौं ब्ल्याकमेल
प्रहरी नायब निरीक्षक यौनहिंसामा पक्राउ, भिडियो खिचेर वर्षौं ब्ल्याकमेल
भुडेवाला केटो नो नो भन्दै अाइन योजना
‘संविधानसम्मत जिम्मेवारी नै प्रधानसेनापतिको प्रमुख प्राथमिकता’
‘संविधानसम्मत जिम्मेवारी नै प्रधानसेनापतिको प्रमुख प्राथमिकता’
सहकारी छानबिन विशेष समितिले लियो रवि लामिछानेसँग बयान
सहकारी छानबिन विशेष समितिले लियो रवि लामिछानेसँग बयान

तपाईंले छुटाउनुभयो कि?