अबका चुनावहरुमा एमालेले कांग्रेसलाई पछि पार्ने खतरा : पौडेल

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २८, २०७४
|
|
२९ पटक हेरिएको
Shares
अबका चुनावहरुमा एमालेले कांग्रेसलाई पछि पार्ने खतरा : पौडेल

सारांश

  • काठमाडौं ।
  • नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अबका चुनावहरुमा एमालेले कांग्रेसलाई पछि पार्ने खतरा देखिएको बताएका छन् ।
  • उनले बेलैमा नेतृत्वलाई दबाब दिन कार्यकर्तालाई आह्वान पनि गरेका छन् ।

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अबका चुनावहरुमा एमालेले कांग्रेसलाई पछि पार्ने खतरा देखिएको बताएका छन् । उनले बेलैमा नेतृत्वलाई दबाब दिन कार्यकर्तालाई आह्वान पनि गरेका छन् ।

मंगलबार ललितपुरबाट शुरु भएको चुनावी समिक्षा तथा दबाव अभियानमा बोल्दै पौडेलले दुवै चरणका स्थानीय चुनावमा पार्टीले नराम्रो पराजय भोग्नु परेकोमा आपत्ति जनाएका छन् ।
नेपाली कांग्रेसभित्र रामचन्द्र पौडेल पक्षले सबै जिल्लामा कार्यकर्ता तहमा छलफल थालेको छ । पौडेलले देउवाको नेतृत्वमा कांग्रेस ओह्रालो लागेको समेत बताएका छन् ।

पौडेलको यो अभियानको मुख्य उद्देश्य चुनावी समिक्षा, महासमिति बैठक बोलाउने र देउवालाई दबाव दिने उद्देश्यबाट चलाइएको हो । कांग्रेसको बिधान अनुसार प्रत्येक वर्ष बोलाउनुपर्ने महासमिति बैठक देउवाले टार्दै आएको आरोप लागेको छ ।

ललितपुरबाट शुरु भएको यो अभियान सबै जिल्लामा पुग्छ । कतिपय जिल्लामा पौडेल आफैं जानेछन् भने अरुसँग काठमाडौंमै भेला हुन्छ । पौडेल निकट एक नेताले भने, नेतृत्वको स्वेच्छारिता र पार्टीको अधोगति रोक्न हामी मौनता तोडेर बाहिर आउनुपर्ने भयो ।’

पहिलो चरणको चुनावको पराजय लगत्तै समिक्षा गरौं भन्दा पार्टी सभापति देउवाले नचाहेको आरोप पौडेल पक्षको छ । त्यहि कारण दोस्रो चरणमा थप पराजय भोग्नुपरेको भन्दै पौडेल पक्षले कार्यकर्ता तहबाटै नेतृत्वमाथि दबाव दिने अभियान चलाउन थालेको हो ।

पार्टी सभापति शेरवहादुर देउवाले चुनावी समिक्षा गर्न नचाहेपछि पौडेल पक्षले आफ्नो समूहको भेला आयोजना गर्न थालेको हो । ललितपुरको भेलामा जिल्लाका महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य सहितका अगुवा नेताहरु सहभागी थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?