सरकारी चिकित्सकले लिए सहमतिपछि आन्दोलन फिर्ता

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १, २०७५
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • आन्दोलनरत् सरकारी चिकित्सक संघले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ ।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वार्ता टोलीलेसँग आठबुँदे माग पूरा गर्ने सहमति गरेपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।

काठमाडौं । आन्दोलनरत् सरकारी चिकित्सक संघले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वार्ता टोलीलेसँग आठबुँदे माग पूरा गर्ने सहमति गरेपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।

सदनबाट पारित कर्मचारी समायोजन ऐनका स्वास्थ्य सेवा सम्बन्धित केही प्रावधान सच्याउनुपर्ने लगायतका माग राखी गोदान एकहप्तादेखि आन्दोलनमा उत्रेको थियो ।

मन्त्रालयद्वारा गठित वार्ता टोली र गोदानका पदाधिकारीका बीचमा सोमवार भएको सहमतिमा कर्मचारी समायोजन गर्दा हाल संघीय लोकसेवा आयोगबाट नियुक्त भएका स्वास्थ्य सेवातर्फका चिकित्सक लगायतका अधिकृतस्तरका कर्मचारीलाई संघ सरकारले परिचालन गर्नेगरी आवश्यक व्यवस्था गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गर्ने रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?