प्रदेश ५ को प्रदेश कानून मस्यौदासम्बन्धी आदेश स्वीकृत : प्रवक्तामा चौधरी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ३, २०७४
|
|
१८ पटक हेरिएको
Shares
प्रदेश ५ को प्रदेश कानून मस्यौदासम्बन्धी आदेश स्वीकृत : प्रवक्तामा चौधरी

सारांश

  • काठमाडौं, ३ फागुन ।
  • प्रदेश नं ५ को पहिलो मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारले निर्माण गर्नुपर्ने महत्वपूर्ण “प्रदेश कानून मस्यौदा तथा सुझाव आयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको आदेश, २०७४” स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ ।
  • मुख्यमन्त्री र मन्त्रीहरुको शपथग्रहणपछि आज बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले आठ निर्णय गरेको भौतिक पूर्वाधार विकासमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिए ।

काठमाडौं, ३ फागुन । प्रदेश नं ५ को पहिलो मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारले निर्माण गर्नुपर्ने महत्वपूर्ण “प्रदेश कानून मस्यौदा तथा सुझाव आयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको आदेश, २०७४” स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री र मन्त्रीहरुको शपथग्रहणपछि आज बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले आठ निर्णय गरेको भौतिक पूर्वाधार विकासमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिए । बैठकले केही सार्वजनिक लिखत प्रमाणीकरणसम्बन्धी नियमावली २०७४, प्रदेश सरकार (कार्य विभाजन) नियमावली २०७४ र प्रदेश सरकार (कार्य सम्पादन) नियमावली, २०७४ समेत स्वीकृत गरेको छ ।

चौधरी सरकारका प्रवक्ता
बैठकले प्रदेश सरकारका प्रवक्तामा चौधरीलाई तोक्ने निर्णय गर्नुका साथै प्रदेश सरकारबाट गरिएका निर्णय कार्यान्वयनका लागि प्रदेश सरकारअन्तर्गत रहेका सम्पूर्ण राष्ट्रसेवक कर्मचारी प्रतिबद्धताको ढाँचा स्वीकृत गरेको छ ।

प्रदेशसभाको पहिलो बैठकले प्रदेशसभा निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न गर्न सहयोग गर्ने राष्ट्रसेवक कर्मचारी, मतदाता, सुरक्षाकर्मी लगायत सबैमा धन्यवाद ज्ञापन गरेको प्रवक्ता चौधरीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?