फिदिम–१ नेकपा, हिलिहाङ–७ मा काँग्रेस विजयी

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १५, २०७६
|
|
२७ पटक हेरिएको
Shares
फिदिम–१ नेकपा, हिलिहाङ–७ मा काँग्रेस विजयी

सारांश

  • उपनिर्वाचन भएका पाँचथरका दुवै वडाको मत परिणाम सार्वजनिक भएको छ ।
  • फिदिम नगरपालिका–१ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गजाधर भट्टराई विजयी हुनुभएको छ भने हिलिहाङ गाँउपालिका–७ मा नेपाली काँग्रेसका तिलविक्रम इधिङ्गो विजयी हुनुभएको छ ।
  • फिदिम–१ मा नेकपाका भट्टराईले प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुवराज थापालाई ४७४ मतान्तरले पराजित गर्नुभयो ।

उपनिर्वाचन भएका पाँचथरका दुवै वडाको मत परिणाम सार्वजनिक भएको छ ।

फिदिम नगरपालिका–१ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गजाधर भट्टराई विजयी हुनुभएको छ भने हिलिहाङ गाँउपालिका–७ मा नेपाली काँग्रेसका तिलविक्रम इधिङ्गो विजयी हुनुभएको छ । फिदिम–१ मा नेकपाका भट्टराईले प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुवराज थापालाई ४७४ मतान्तरले पराजित गर्नुभयो ।

भट्टराईले एक हजार ४४६ मत प्राप्त गर्दा थापाले ९७२ मत प्राप्त गनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पाँचथरले जनाएको छ ।

हिलिहाङ–७ मा काँग्रेसका इधिङ्गोले ३० मतको अन्तरले विजय हासिल गर्नुभएको हो । उहाँले ८४२ मत प्राप्त गर्दा नेकपाका गेहनाथ रिजालले ८१२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालय हिलिहाङले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?