राजदेवी मन्दिरमा बलि दिने घटे

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन १४, २०७४
|
|
२७ पटक हेरिएको
Shares
राजदेवी मन्दिरमा बलि दिने घटे

सारांश

  • जनकपुरधाम, १४ असोज : मिथिलाञ्चलको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा यसपटक बलि दिनेको संख्यामा कमी आएको छ ।
  • गत वर्षभन्दा दुई हजार ३१० बोका बलि दिनेको संख्यामा कमी आएको छ ।
  • गत वर्ष सो मन्दिरमा १४ हजार ६१७ बोकाको बलि दिइएकोमा यस पटक १२ हजार ३१७ बोकाको बलि दिइएको छ ।

जनकपुरधाम, १४ असोज : मिथिलाञ्चलको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा यसपटक बलि दिनेको संख्यामा कमी आएको छ ।

गत वर्षभन्दा दुई हजार ३१० बोका बलि दिनेको संख्यामा कमी आएको छ । गत वर्ष सो मन्दिरमा १४ हजार ६१७ बोकाको बलि दिइएकोमा यस पटक १२ हजार ३१७ बोकाको बलि दिइएको छ ।

जनकवंशी राजाहरूको कुलदेवीका रूपमा विश्वास गरिएको सो मन्दिरमा असत्यमा सत्य, अधर्ममा धर्म, अँध्यारोमा उज्यालोको विजय, कार्यसिद्धि र मनोकामना पूर्णको प्रतीकका रूपमा बोकाको बलि दिने चलन छ ।

राजदेवीलाई महादुर्गा, महाकाली, महासरस्वती, महामाया चण्डिका, पार्वती, कौशिकी, जानकी, किशोरीले नामले पूजाअर्चना गर्ने परम्परा छ । अनिकाल र संकटबाट मुक्तिका लागि राजदेवीको स्थापना गरिएको जनविश्वास छ ।

सो मन्दिरमा बोकाको बलि दिनेको संख्यामा कमी आए पनि खोइँछ भर्ने र प्रसाद चढाउनेमा श्रद्धालुको भीड छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?