एम्बुस थाप्ने मुख्य योजनाकार पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १४, २०७४
|
|
४३ पटक हेरिएको
Shares
एम्बुस थाप्ने मुख्य योजनाकार पक्राउ

सारांश

  • गाईघाट, उदयपुर, १४ मंसिर   बुधबार बिहान उदयपुरगढी गाउँपालिका– ६ स्थित दनुवारबेसीमा एम्बुस थाप्ने मुख्य योजनाकारलाई जिल्ला प्रहरी कार्यालयले बुधबार पक्राउ गरेको छ ।
  • उनीहरुले प्रयोग गरेको मोटरसाइकलसहित एम्बुस थाप्ने मुख्य योजनाकार त्रियुगा नगरपालिका– ७ शाही खोलाका बलबहादुर मगरलाई पक्राउ गरिएको प्रहरी प्रमुख नवराज भट्टले बताउनुभयो ।
  • अन्यको पनि पहिचान भइसकेको र उनीहरुको खोजी अहिले गाउँगाउँ र नाकनाकामा भइरहेको छ ।

गाईघाट, उदयपुर, १४ मंसिर   बुधबार बिहान उदयपुरगढी गाउँपालिका– ६ स्थित दनुवारबेसीमा एम्बुस थाप्ने मुख्य योजनाकारलाई जिल्ला प्रहरी कार्यालयले बुधबार पक्राउ गरेको छ ।

उनीहरुले प्रयोग गरेको मोटरसाइकलसहित एम्बुस थाप्ने मुख्य योजनाकार त्रियुगा नगरपालिका– ७ शाही खोलाका बलबहादुर मगरलाई पक्राउ गरिएको प्रहरी प्रमुख नवराज भट्टले बताउनुभयो । अन्यको पनि पहिचान भइसकेको र उनीहरुको खोजी अहिले गाउँगाउँ र नाकनाकामा भइरहेको छ ।

बुधबार बिहान उदयपुर क्षेत्र नं २ मा नेपाली काँग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणबहादुर कार्कीको गाडीलाई लक्ष्य गरेर दनुवारबेँसीको जंगलमा एम्बुस थापेपछि कार्कीसहित सात जनाको टोली एम्बुसमा परेको थियो । एम्बुसबाट सख्त घाइते कार्की र उहाँका स्वकीय सचिव मीरा कटुवालसहित छ जना सख्त घाइते भएका थिए ।

घाइतेकाे त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेकाे छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    K Kumar Khadka

    Tyasta lai fasi de

    Comment Author

    Surendra Prasad Shrestha

    सुट गरे हुन्थ्यो

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बुटवल उपमहानगरद्वारा रु दुई अर्ब ३६ करोड ५४ लाख बजेट पेस
बुटवल उपमहानगरद्वारा रु दुई अर्ब ३६ करोड ५४ लाख बजेट पेस
चिसोले सोलुको जनजीवन प्रभावित : खुम्बुक्षेत्र सुनसान
चिसोले सोलुको जनजीवन प्रभावित : खुम्बुक्षेत्र सुनसान
सात संगठनले गरेकाे बन्द निजी बिद्यालयहरू द्वारा अवज्ञा
सात संगठनले गरेकाे बन्द निजी बिद्यालयहरू द्वारा अवज्ञा
सम्पुर्ण नेपालिजनमा बिजया दशमि २०७४ को हार्दिक मंगलमय शसभकामना,
सम्पुर्ण नेपालिजनमा बिजया दशमि २०७४ को हार्दिक मंगलमय शसभकामना,
चुनाव चिन्ह अंकित टिसर्ट, झोला र टोपी नछाप्ने दलहरुको प्रतिबद्धता
चुनाव चिन्ह अंकित टिसर्ट, झोला र टोपी नछाप्ने दलहरुको प्रतिबद्धता
सडक सञ्जालसँग जाेडिँदा ग्रामीण क्षेत्रमा विकासका पूर्वाधार बढ्दै !
सडक सञ्जालसँग जाेडिँदा ग्रामीण क्षेत्रमा विकासका पूर्वाधार बढ्दै !
हिमपहिरोमा एकै परिवारका चार सदस्यको मृत्यु,दुई बेपत्ता
हिमपहिरोमा एकै परिवारका चार सदस्यको मृत्यु,दुई बेपत्ता
बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख आज बिहान पशुपति क्षेत्रमा प्रदर्शन गरिने
बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख आज बिहान पशुपति क्षेत्रमा प्रदर्शन गरिने
देउवाको निर्णय उल्ट्याउँदै ओली: राष्ट्रियसभामा ३ जना सिफारिस, को–को ?
देउवाको निर्णय उल्ट्याउँदै ओली: राष्ट्रियसभामा ३ जना सिफारिस, को–को ?
मोर्चालाई मनाउन दुई नम्बर प्रदेशमा स्थानीय तह थप्ने सरकारको तयारी, एमालेको असहमति
मोर्चालाई मनाउन दुई नम्बर प्रदेशमा स्थानीय तह थप्ने सरकारको तयारी, एमालेको असहमति