सरकार कुनै पनि बहानामा विकासबाट पन्छिन पाउँदैन : उर्जामन्त्री पुन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ९, २०७४
|
|
२१ पटक हेरिएको
Shares
सरकार कुनै पनि बहानामा विकासबाट पन्छिन पाउँदैन : उर्जामन्त्री पुन

सारांश

  • काठमाडौं, ९ चैत ।
  • ऊर्जामन्त्री वर्षमान पुनले सरकार कुनै पनि बहानामा विकासबाट पन्छिन नपाउने बताएका छन् ।
  • आर्थिक पत्रकार समूह (सेजन)ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै ऊर्जामन्त्री पुनले भने, “अब सरकार कुनै बहानामा विकासबाट पन्छिन पाउँदैन ।

काठमाडौं, ९ चैत । ऊर्जामन्त्री वर्षमान पुनले सरकार कुनै पनि बहानामा विकासबाट पन्छिन नपाउने बताएका छन् । आर्थिक पत्रकार समूह (सेजन)ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै ऊर्जामन्त्री पुनले भने, “अब सरकार कुनै बहानामा विकासबाट पन्छिन पाउँदैन ।”

मन्त्री पुनले ऊर्जा क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राख्ने बताए । राजनीतिक दलले घोषणा गरेको समृद्धिको दिशातर्फ जानु सरकारको दायित्व र बाध्यता दुबै भएको उनको भनाई थियो । स्वदेशी र विदेशी निजी क्षेत्रसँग जलविद्युत उत्पादनमा सहकार्य गर्दै सरकार अघि बढ्ने पनि उर्जामन्त्री पुनले उल्लेख गरे ।

मन्त्री पुनले निर्माणाधीन जलविद्युत आयोजनामा परेको अप्ठ्यारो बारेमा सरकारले अध्ययन गरिरहेको जानकारी दिए । कार्यक्रमका सहभागीहरुले नीति र योजनाहरु राम्रा रहे पनि कार्यान्वयनको पक्षमा सरकार कमजोर देखिएको टिप्पणी गरेका थिए । परिणाममुखी भएर अघि नबढ्ने हो भने जलविद्युत क्षेत्रको विकास सम्भव नहुने उनीहरुको सुझाव थियो ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Youbraj Poudel

    Ramro manxe panxayeu janardhan dai lai

    Comment Author

    Prasant Shrestha

    Kukur muji satta ko bhogi

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?