महाभियोग सुनुवाइमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प उपस्थित नहुने

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १६, २०७६
|
|
२९ पटक हेरिएको
Shares
महाभियोग सुनुवाइमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प उपस्थित नहुने

सारांश

  • बीबीसी।
  • अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले राष्ट्रपति डोनल्ड ट्रम्प र उनका वकिलहरूले बुधवार संसद्‍को तल्लो सदनमा हुने सुनुवाइमा भाग नलिने जनाएको छ।
  • संसद्‍को न्यायपालिकासम्बन्धी समितिलाई लेखेको पत्रमा कानुनी सल्लाहकार प्याट सिपोलोनीले निष्पक्षताको अपेक्षा राखेका राष्ट्रपतिले त्यसमा भाग लिन नसक्ने बताएका हुन्।

बीबीसी। अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले राष्ट्रपति डोनल्ड ट्रम्प र उनका वकिलहरूले बुधवार संसद्‍को तल्लो सदनमा हुने सुनुवाइमा भाग नलिने जनाएको छ।

संसद्‍को न्यायपालिकासम्बन्धी समितिलाई लेखेको पत्रमा कानुनी सल्लाहकार प्याट सिपोलोनीले निष्पक्षताको अपेक्षा राखेका राष्ट्रपतिले त्यसमा भाग लिन नसक्ने बताएका हुन्।

अघिल्लो हप्ता समितिका अध्यक्ष जेरोल्ड नाड्लरले राष्ट्रपति ट्रम्पले सुनुवाइमा भाग लिनु पर्ने या गुनासो गर्न बन्द गर्नुपर्ने बताएका थिए।

ह्वाइट हाउसले राष्ट्रपति ट्रम्पले दोस्रो पटकको सुनुवाइमा भाग लिने वा नलिने विषयमा भने खुलाएको छैन।

अहिलेसम्म मिति तय नभइसकेको उक्त सुनुवाइबारे अलग्गै प्रतिक्रिया जनाउने ह्वाइट हाउसले जनाएको छ।

पोलिटिकोले छापेको उक्त पत्रमा संसद्‍को समितिले अनुसन्धानका क्रममा पूर्णरूपमा नियमित प्रकियालाई पालना नगरेको र आधारभूतरूपमा निष्पक्षता सुनिश्चित नगरेको उल्लेख गरिएको छ।

ह्वाइट हाउसले सुनुवाइको तयारी गर्न पर्याप्त समय नदिइएको र प्रत्यक्षदर्शीबारे पनि जानकारी नदिइएको समेत बताएको छ।

बुधवार महाभियोगसम्बन्धी सुनुवाइ दोस्रो चरणमा पुग्नेछ।

त्यो सुनुवाइ राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति भोल्दिमिर जेलेन्स्कीबीच जुन महिनामा भएको टेलिफोन कुराकानीबारे केन्द्रित हुनेछ।

जो बाइडनका छोरा (बायाँ) ले युक्रेनको एउटा ऊर्जा कम्पनीमा आकर्षक सुविधाका साथ काम गर्थे
उक्त फोन कुराकानीमा ट्रम्पले जेलेन्स्कीलाई डेमोक्र्याटका अग्रपङ्क्तिका उम्मेदवार जो बाइडन र विगतमा युक्रेनको एउटा ऊर्जा कम्पनीमा काम गरेका उनका छोरा हन्टरविरूद्ध अनुसन्धान गर्न आग्रह गरेका थिए।

ट्रम्पले आफूले गल्ती नगरेको र आफूविरुद्ध प्रतिशोध साँधिएको बताउने गरेका छन्।

अघिल्लो हप्ता संसद्‍को गुप्तचरी हेर्ने समितिले प्रत्यक्षदर्शीहरूसँगको गोप्य बयान र दुई हप्तादेखि भइरहेका सार्वजनिक सुनुवाइहरूलाई टुङ्गोमा पुर्‍याएको थियो।

त्यसबारेको प्रतिवेदन डिसेम्बर ३ मा सार्वजनिक गरिने छ।

न्यायपालिकासम्बन्धी समितिले राष्ट्रपतिले गरेका गलत कामहरू समेटिएको महाभियोगसम्बन्धी दफाहरू डिसेम्बरको सुरुबाट मस्यौदा गर्न थाल्ने ठानिएको छ।

सुरुमा डेमोक्र्याटहरूको कब्जामा रहेको तल्लो सदनमा मतदान गरेपछि यसबारेको प्रस्ताव रिपब्लिकनहरूको नियन्त्रण रहेको सिनेटमा पेस हुनेछ।

सिनेटमा दुई तिहाइ बहुमतबाट उनी दोषी ठहर भए ट्रम्प महाभियोग प्रक्रियाबाट पदबाट हट्ने पहिलो अमेरिकी राष्ट्रपति हुनेछन्।

तर त्यस्तो परिणामको सम्भावना एकदमै न्यून रहेको बताइन्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिला प्रहरीमाथि प्रहरीबाटै बलात्कार प्रयास
तरकारी व्यवसायीहरुले गल्ली गल्लीमा पसल राख्न नपाइने
तरकारी व्यवसायीहरुले गल्ली गल्लीमा पसल राख्न नपाइने
विप्लवलाई ठाउँका ठाउँ समात्ने निर्देशन, प्रहरी सक्रिय
विप्लवलाई ठाउँका ठाउँ समात्ने निर्देशन, प्रहरी सक्रिय
ऊर्जा क्षेत्रमा लगानी गर्न बङ्गलादेशी लगानीकर्तालाई मन्त्री पुनको आग्रह
ऊर्जा क्षेत्रमा लगानी गर्न बङ्गलादेशी लगानीकर्तालाई मन्त्री पुनको आग्रह
बंगलादेशमा हसिनाको बहिर्गमनसँगै राजनीतिक संकट चुलियो
बंगलादेशमा हसिनाको बहिर्गमनसँगै राजनीतिक संकट चुलियो
प्रतिनिधिसभाका लागि एमालेका ६० उम्मेदवार सर्वसम्मत (सूचीसहित)
प्रतिनिधिसभाका लागि एमालेका ६० उम्मेदवार सर्वसम्मत (सूचीसहित)
टिपरमा करेन्ट लाग्दा चालकको मृत्यु
टिपरमा करेन्ट लाग्दा चालकको मृत्यु
स्टक क्लियरेन्स मेला बुधबारबाट, दशैंका लागि आवश्यक सामान पाइने
स्टक क्लियरेन्स मेला बुधबारबाट, दशैंका लागि आवश्यक सामान पाइने
कपिलवस्तुका १० वटै स्थानीय तहमा मतगणना १० बजेपछि
कपिलवस्तुका १० वटै स्थानीय तहमा मतगणना १० बजेपछि
श्रीलंकाबाट देउवाले मात्र होइन, ओलीले पनि सिक्नुपर्छ : जितेन्द्र नारायण देव
श्रीलंकाबाट देउवाले मात्र होइन, ओलीले पनि सिक्नुपर्छ : जितेन्द्र नारायण देव

तपाईंले छुटाउनुभयो कि?