टिपरमा करेन्ट लाग्दा चालकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन २०, २०७४
|
|
३५ पटक हेरिएको
Shares
टिपरमा करेन्ट लाग्दा चालकको मृत्यु

सारांश

  • चितवन, २० फागुन, पूर्वी चितवनको खैरहनीमा आज दिउँसो टिपरबाट बालुवा खसाल्ने क्रममा करेन्ट लागेर चालकको मृत्यु भएको छ ।
  • जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा मनहरी गाउँपालिका–३ मकवानपुरका साजन माझी रहेका छन् ।
  • खैरहनी नगरपालिका–१० स्थित ढुु्ङग्रे खोला पुलनजिकै ना ७ ख ४८१८ नम्बरको टिपरले बाटो निर्माणका लागि बालुवा खसाल्ने क्रममा सो दुर्घटना भएको हो ।

चितवन, २० फागुन, पूर्वी चितवनको खैरहनीमा आज दिउँसो टिपरबाट बालुवा खसाल्ने क्रममा करेन्ट लागेर चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा मनहरी गाउँपालिका–३ मकवानपुरका साजन माझी रहेका छन् ।

खैरहनी नगरपालिका–१० स्थित ढुु्ङग्रे खोला पुलनजिकै ना ७ ख ४८१८ नम्बरको टिपरले बाटो निर्माणका लागि बालुवा खसाल्ने क्रममा सो दुर्घटना भएको हो । बालुवा खसाल्ने क्रममा ढाला माथि उठाउँदा बिजुलीको तारमा छुँदा करेन्ट लागेको प्रहरीले जनाएको छ । करेन्टले टिपरको टायरमा आगलागी समेत भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?