प्रतिनिधिसभाका लागि एमालेका ६० उम्मेदवार सर्वसम्मत (सूचीसहित)

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २२, २०७४
|
|
३२ पटक हेरिएको
Shares
प्रतिनिधिसभाका लागि एमालेका ६० उम्मेदवार सर्वसम्मत (सूचीसहित)

सारांश

  • २२ असोज, काठमाडौं ।
  • माओवादी केन्द्रसँग ६०/४० को आधारमा चुनावी तालमेल गरेको एमालेले प्रतिनिधिसभाका १६५ मध्ये करीव आधा क्षेत्रमा सर्वसम्मत रुपमा एक एकमात्र उम्मेदवार सिफारिस भएर केन्द्रमा आएको जनाएको छ ।
  • सर्वसम्मत नभएका ठाउँको हकमा मात्र दुई वा दुईभन्दा बढीबाट उम्मेदवार छनोट गर्नुपर्ने भएको छ ।

२२ असोज, काठमाडौं । माओवादी केन्द्रसँग ६०/४० को आधारमा चुनावी तालमेल गरेको एमालेले प्रतिनिधिसभाका १६५ मध्ये करीव आधा क्षेत्रमा सर्वसम्मत रुपमा एक एकमात्र उम्मेदवार सिफारिस भएर केन्द्रमा आएको जनाएको छ । सर्वसम्मत नभएका ठाउँको हकमा मात्र दुई वा दुईभन्दा बढीबाट उम्मेदवार छनोट गर्नुपर्ने भएको छ ।

एमालेका अधिकांश शीर्ष नेता र पदाधिकारी आआफ्नो निर्वाचन क्षेत्रबाट सर्वसम्मत भएका छन् । अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम भीम रावल, उपमहासचिव घनश्याम भुसाल दुई तीन ठाउँबाट सिफारिस भएका छन् ।

ओली सिरहा १ र झापा ५ बाट सिफारिस भएका छन् । माधव नेपाल रौतहट १, ४ र काठमाडौं २ बाट सिफारिस भएका छन् । बामदेव गौतम प्युठान र बर्दिया १ बाट सर्वसम्मत सिफारिस हुँदा भीम रावल कैलाली २ र अछाम १ बाट सर्वसम्मत भएका छन् ।

यो समाचार तयार पार्दासम्म करीव ८० निर्वाचन क्षेत्रमा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार सर्वसम्मत भएका छन् । यसमध्ये केहीले माओवादीलाई छाड्नुपर्ने र अधिकांश एमालेले पाउने क्षेत्रबाटै सर्वसम्मत भएको एमाले स्रोतले जनाएको छ ।

एमालेका स्थायी कमिटी सदस्य र पदाधिकारीहरुमध्ये सचिव भीम आचार्य र किरण गुरुङ मात्र प्रदेशसभामा गएका छन् । प्रत्यक्षमा सिफारिस नहुनेमा उपाध्यक्ष युवराज ज्ञवाली, अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोरा, निर्वाचन आयोगका अध्यक्ष सोमनाथ प्यासी, स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल, मुकुन्द न्यौपाने परेका छन् ।

राजपाबाट बिद्रोह गरेका हृदयेश त्रिपाठी, बृजेशकुमार गुप्ता र पशुपति दयाल मिश्रले सूर्य चिन्हबाट चुनाव लड्दैछन् । एमालेले नवलपरासी १, कपिलवस्तु २ मा गुप्ता र बाँके २ मा मिश्रलाई सिट छाडेको छ । त्यस्तै सप्तरी ४ मा अघिल्लो चुनावमा दोस्रो स्थानमा रहेका रैथाने मूलबासी पार्टीका मोहम्म मुसलमानले सर्वसम्मत रुपमा टिकट पाएका छन् ।

हालसम्म सर्वसम्मत हुने एमाले उम्मेदवार यसप्रकार छन्

प्रदेश नम्बर १

ताप्लेजुङः योगेश भट्टराई
पाँचथरः बसन्त नेम्वाङ
इलाम १ः झलनाथ खनाल
इलाम २ः सुवास नेम्वाङ
झापा १ः गोपाल बुढाथोकी
झापा २ः पवित्रा खरेल
झापा ३ः पुष्प पोखरेल
झापा ४ःएलपी साँवा लिम्बु
झापा ५ः केपी शर्मा ओली
धनकुटाः राजेन्द्र राई
सोलुखुम्बुः नन्दमणी राई
ओखलढूंगाः यज्ञराज सुनुवार

प्रदेश नम्बर २

सिरहा १ः केपी शर्मा ओली
सप्तरी १ः सुमनराज प्याकुरेल
सप्तरी २ः रन्जु ठाकुर
सप्तरी ३ः ताराकान्त चौधरी
सप्तरी ४ः मोहम्म इस्लाम
बारा २ः छठू प्रसाद यादव
रौतहट १ः माधव नेपाल
रौतहट २ः शैलेन्द्र साह
रौतहट ४ः माधव नेपाल

प्रदेश नम्बर ३

सिन्धुपाल्चोक १ः अरुण नेपाल
सिन्धुपाल्चोक २ः शेरवहादुर तामाङ
काभ्रेपलान्चोक २ः गोकुल बास्कोटा
भक्तपुर २ः महेश बस्नेत
ललितपुर २ः कृष्णलाल महर्जन
काठमाडौं २ः माधवकुमार नेपाल
काठमाडौं ३ः कृष्ण राई
काठमाडौं ४ः राजन भट्टराई
काठमाडौं ५ः ईश्वर पोखरेल
काठमाडौं ७ः रामवीर मानन्धर
रसुवाः जनार्दन ढकाल
धादिङ १ः भूमि त्रिपाठी
चितवन १ः सुरेन्द्र पाण्डे
चितवन २ः कृष्णभक्त पोखरेल

प्रदेश नम्बर ४

तनहु १ः किसान श्रेष्ठ
लम्जुङः पृथ्वीसुब्बा गुरुङ
कास्की १ः खगराज अधिकारी
कास्की २ः रविन्द्र अधिकारी
मनाङः टि्रपल पी गुरुङ
स्याङ्जा २ः पद्मा अर्याल
नवलपुर २ः तिलक महत
बागलुङ २ः मोहनलाल शर्मा

प्रदेश नम्बर ५

नवलपरासी २ः डा.शोभाकान्त ढकाल
रुपन्देही २ः बिष्णु पौडेल
रुपन्देही ५ः खिमलाल भट्टराई
पाल्पा १ः दलवहादुर राना मगर
गुल्मी १ः प्रदीप ज्ञवाली
गुल्मी २ः गोकर्ण विष्ट
दाङ २ः शंकर पोखरेल
बर्दिया १ः बामदेव गौतम

प्रदेश नम्बर ६

डोल्पाः धनवहादुर बुढा
हुम्लाः दल रावल
जुम्लाः धीरेन्द्र राज गिरी
सुर्खेत १ः धु्रव शाही

प्रदेश नम्बर ७

कैलाली १ः गरिमा शाह
कैलाली २ः भीमवहावदुर रावल
कैलाली ३ः विमलकुमार जोशी
कैलाली ४ः दीर्घ सोडारी
कन्चनपुर १ः तारा लामा
डोटीः प्रेम आले मगर
दार्चुलाः गणेशसिंह ठगुन्ना
अछाम १ः भीमवहादुर रावल
बाजुराः लालवहादुर थापा

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिप दुर्घटनामा एक महिलाको मृत्यु, तीन घाइते
जिप दुर्घटनामा एक महिलाको मृत्यु, तीन घाइते
हेटौँडामा ट्रकको ठक्करबाट सफारी चालकको मृत्यु
हेटौँडामा ट्रकको ठक्करबाट सफारी चालकको मृत्यु
How to become successful, Kamal Bhandari of Sindhupalchowk, Buddhist Monks?
How to become successful, Kamal Bhandari of Sindhupalchowk, Buddhist Monks?
माओवादीका महेन्द्रबहादुर शाही विजयी
माओवादीका महेन्द्रबहादुर शाही विजयी
खानेपानी संस्थानको सिंहदरबारभित्र जारको पानी व्यापार
खानेपानी संस्थानको सिंहदरबारभित्र जारको पानी व्यापार
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
हो, मैले सम्धीलाई योजना दिएको छु के भो र ?
हो, मैले सम्धीलाई योजना दिएको छु के भो र ?
गाउँगाउँमा वित्तीय पहुँच, सेवाग्राही अझै असन्तुष्ट
गाउँगाउँमा वित्तीय पहुँच, सेवाग्राही अझै असन्तुष्ट
विद्युत् प्राधिकरण विद्युत् चुहावट नियन्त्रण गर्न विशेष अभियान सुरु गर्ने !!!
विद्युत् प्राधिकरण विद्युत् चुहावट नियन्त्रण गर्न विशेष अभियान सुरु गर्ने !!!
संविधानसँगै कानून पनि बनाउनुपर्ने !
संविधानसँगै कानून पनि बनाउनुपर्ने !

तपाईंले छुटाउनुभयो कि?