अर्बौको सम्पत्ति तर छैन सदुपयोग

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष १२, २०७६
|
|
३४ पटक हेरिएको
Shares
अर्बौको सम्पत्ति तर छैन सदुपयोग

सारांश

  • राजधानीको नरदेवीनजिकै रहेको न्होखास्थित कन्या मन्दिर माध्यमिक विद्यालय २८ रोपनी क्षेत्रफलमा फैलिएको छ।
  • राजधानीम महँगो जग्गा भएको ठाउँमध्येमा नरदेवी पनि पर्छ।
  • कुल जग्गामध्ये १६ रोपनीमा विद्यालय सञ्चालन भइरहेको छ।

राजधानीको नरदेवीनजिकै रहेको न्होखास्थित कन्या मन्दिर माध्यमिक विद्यालय २८ रोपनी क्षेत्रफलमा फैलिएको छ। राजधानीम महँगो जग्गा भएको ठाउँमध्येमा नरदेवी पनि पर्छ। कुल जग्गामध्ये १६ रोपनीमा विद्यालय सञ्चालन भइरहेको छ। ११ रोपनी क्षेत्रफल स्कुलपरिसरमै रहेको पोखरीले ओगटेको छ।

पाँच सय विद्यार्थी अध्ययन गरिरहेको विद्यालयले दाबी गरे पनि काठमाडौं महानगरपालिका शिक्षा शाखाको तथ्यांकअनुसार यहाँ तीन सयजति मात्रै विद्यार्थी पढ्छन्। सुविधासम्पन्न नयाँ भवन बन्ने क्रममा छ। २०७२ सालको भूकम्पले भत्काएपछि बनेका पुराना संरचना पनि प्रशस्तै छन्। तर, प्रशासनले क्षमताअनुसार विद्यार्थी आकर्षण गराउन मात्र होइन, संरचना जगेर्ना गर्नसमेत सकेको छैन।

विद्यार्थी आकर्षण कसरी बढाउने र विद्यालयको सम्पत्ति कसरी सदुपयोग गर्ने भन्ने विषयमा कुनै निकायसँग स्पष्ट योजना छैन। जसका कारण अर्बौं रुपैयाँ मूल्य पर्ने यस विद्यालयको सम्पत्ति लथालिंग छ। छात्रा मात्रै पढ्ने यो विद्यालयमा विद्यार्थी कम भएकै कारण केही शिक्षक दरबन्दी अन्यत्रै सार्ने तयारीमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय छ।

विद्यालय प्रधानाध्यापक नगेन्द्र विष्ट भन्छन्, ‘सबै स्रोतको सदुपयोग हुने हो भने १५ सयभन्दा पनि बढी विद्यार्थी पढाउन सक्छौं।’ राजधानीमा छात्राका लागि मात्र पढाइ हुने विद्यालयका रूपमा यसलाई विकास गर्न सकिए मात्रै पनि सार्वजनिक शिक्षा सुधारमा ठूलो उपलब्धि हुने महानगरपालिकाका कर्मचारीको बुझाइ छ। अन्नपूर्ण पोस्ट्बाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लामो समयपछि भूकम्पले फेरी सम्झियो, दोलखामा ४ रेक्टर स्केलको परकम्प
लामो समयपछि भूकम्पले फेरी सम्झियो, दोलखामा ४ रेक्टर स्केलको परकम्प
मोबाइलदेखि मोटरसाइकलसम्म १० प्रकारका सामान नेपाल भित्र्याउन रोक
मोबाइलदेखि मोटरसाइकलसम्म १० प्रकारका सामान नेपाल भित्र्याउन रोक
उपनिर्वाचन : बारा–२ मा १ बजेसम्म २२ प्रतिशत मतदान
उपनिर्वाचन : बारा–२ मा १ बजेसम्म २२ प्रतिशत मतदान
विश्व इतिहासमा आजः टोकियो सबवेमा विषाक्त ग्यासदेखि इराकमाथि अमेरिकी हमला
विश्व इतिहासमा आजः टोकियो सबवेमा विषाक्त ग्यासदेखि इराकमाथि अमेरिकी हमला
इन्टरनेट चलाउँदा ध्यान पुर्याउनुस् नत्र १ करोड जरिवाना, १५ वर्ष जेल जानुपर्ला
इन्टरनेट चलाउँदा ध्यान पुर्याउनुस् नत्र १ करोड जरिवाना, १५ वर्ष जेल जानुपर्ला
रुखमा भोट माग्दै, संघीय समाजवादी, नयाँ शक्ति र माओवादी केन्द्रका उम्मेदवार !
रुखमा भोट माग्दै, संघीय समाजवादी, नयाँ शक्ति र माओवादी केन्द्रका उम्मेदवार !
इस्लाम धर्मावलम्बीहरुले बकर इद पर्व मनाउँदै, आज सार्वजनिक बिदा
इस्लाम धर्मावलम्बीहरुले बकर इद पर्व मनाउँदै, आज सार्वजनिक बिदा
बालुवाटार जग्गा छानबिनमा खटिएका डिएसपी सरुवा
लिम्पियाधुरा सहितको नक्सा सरकारद्वारा पारित
The right way to Meet a Thai Girl

तपाईंले छुटाउनुभयो कि?