‘रुपाली’ होलीको महत्व बढ्दै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र ५, २०७५
|
|
४२ पटक हेरिएको
Shares
‘रुपाली’ होलीको महत्व बढ्दै

सारांश

  • भीमदत्तनगर, ५ चैत  बयासी वर्षीय पूर्वसांसद गङ्गादत्त जोशी कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ मा होली पर्वको खेलमा पाइला मिलाइरहेको अवस्था भेटिनुभयो ।
  • जोशी मात्रै नभई उहाँसित डडेल्धुराको रुपालबाट भीमदत्तनगरमा बसाई सरेका धेरै वृद्ध फागू पूर्णिमाका अवसरमा आयोजित परम्परागत रुपाली होलीमा रमाइरहेका थिए ।
  • वसन्त ऋतु र नयाँ वर्षको पूर्वसन्ध्यामा रङ्गीन पर्व होलीमा देशभर रमाइलो भइरहेका बेला यहाँ विगत ५० वर्षदेखि रुपाली होलीले निरन्तरता पाइरहेको छ ।

भीमदत्तनगर, ५ चैत  बयासी वर्षीय पूर्वसांसद गङ्गादत्त जोशी कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ मा होली पर्वको खेलमा पाइला मिलाइरहेको अवस्था भेटिनुभयो । जोशी मात्रै नभई उहाँसित डडेल्धुराको रुपालबाट भीमदत्तनगरमा बसाई सरेका धेरै वृद्ध फागू पूर्णिमाका अवसरमा आयोजित परम्परागत रुपाली होलीमा रमाइरहेका थिए ।

वसन्त ऋतु र नयाँ वर्षको पूर्वसन्ध्यामा रङ्गीन पर्व होलीमा देशभर रमाइलो भइरहेका बेला यहाँ विगत ५० वर्षदेखि रुपाली होलीले निरन्तरता पाइरहेको छ । “रुपाली होली कहिलेदेखि शुरु भयो भनेर तिथि मिति पत्ता लगाउन सकिएको छैन”, पूर्वसांसद जोशीले रासससित भन्नुभयो, “आफ्नो परम्परा र संकस्कृतिको जगेर्ना गर्न युवा पुस्तालाई सहभागी गराउन होली रुपाली समुदायको घर÷घरमा पुगेर मनाउँछौँ ।”

विसं २०१८ देखि हालसम्म कञ्चनपुर, कैलालीलगायत मुलुकका विभिन्न भागमा बसाई सरेका डडेल्धुराको भागेश्वर गाउँपालिका–२ रुपालका स्थानीयवासी बसाईसँगै त्यहाँको परम्परागत होलीलाई भव्यरुपमा मनाउँदै आएका भीमदत्तनगरका स्थानीयवासी अजुर्नदेव जोशी बताउनुहुन्छ । “अनेकन चाडपर्व र कला संस्कृतिको बीचमा रुपाली होलीको आफ््नै लय, मान्यता र संस्कार छ”, उहाँले भन्नुभयो, “अनुमतिबिना र अपरिचितलाई जबर्जस्ती रङ लगाउने चलन छैन ।”

दशकौँदेखि भीमदत्तनगरमा रुपाली होली समिति गठन गरी एकादशीदेखि पूर्णिमासम्म होली मनाउने गरिएको छ । रुपाली समुदायले होली सबैको घरमा पालैपालो खेल्छन् । फागू पूर्णिमामा मनाइने होली आध्यात्मिक, सांस्कृतिक, सामाजिक र मनोवैज्ञानिक महत्व बोकेको पर्व हो । “देउडाजस्तै पाइलामा पाइला मिलाएर खेलिने रुपाली होलीमा भगवान् श्रीकृष्ण र रामको महिमा तथा चरित्रको गुणगान गाइन्छ ।” रुपाली होली समिति भीमदत्तनगरका सचिवसमेत रहनुभएका जोशीले भन्नुभयो, “युवापुस्ता रुपाली होलीबाट टाढा छैन ।” उहाँका अनुसार रुपाली समुदायले होली विशेषरुपमा मनाउने गरेको छ ।
होलीका बेला काम र अन्य हिसाबले बाहिरिएका पनि बिदा तथा समय मिलाएर घर फर्कन्छन् । नयाँ पुस्ताले रुपाली होलीको जर्गेना गर्नु जरुरी छ । भीमदत्त नगरपालिकाको जिमुवा, गोबरिया, निम्बुखेडा, भाषीलगायत क्षेत्रमा रहेका रुपालवासी अहिले समूह बनाएर परम्परागत होलीलाई निरन्तरता दिँदैआएका स्थानीयवासी जयराम पनेरुले बताउनुभयो ।

“सुदूरपश्चिम प्रदेशमा समुदायपिच्छे होली खेल्ने र मनाउने तरिका फरक फरक छन्”, चालीस वर्षदेखि निरन्तर रुपाली होली खेल्दै आउनुभएको पनेरुले भन्नुभयो, “रुपाली होली शक्ति र श्रद्धाको खेल हो ।” आइतबार भीमदत्तनगरस्थित बैजनाथ मन्दिरमा पूजाअर्चना गरी शुरु भएको रुपाली होली पूर्णिमाका दिन सोही मन्दिरमा पुगी बिर्सजन गरिन्छ ।

होली खेलेर सङ्कलन भएको रकम वैजनाथ मन्दिरको भौतिक पूर्वाधार निर्माणदेखि मर्मतसम्भारमा खर्च गरिँदै आएको समितिका सचिव अर्जुनदेव जोशीले बताउनुभयो । भीमदत्तनगर र आसपासका क्षेत्रमा करीब २५० परिवार रुपाली समुदायको बसोबास छ । रुपालवासीको घरमा होली खेल्दा ढोलक र तवलाको धुनमा भगवान्का गीत गाएर घरैपिच्छे अबीर लगाई रमाइलो गरिन्छ । भर्खर बिहे गरेका र सन्तान जन्माएकाहरुले होलीमा विशेष भोजन खुवाउने चलनसमेत रुपाली समुदायमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इजलासमा रविको गुनासो: श्रीमान् माथिको आदेश भन्दै राति साढे १० बजे झाक्कलझुक्कल गरेर मध्यरात पोखरा ल्याइयो
इजलासमा रविको गुनासो: श्रीमान् माथिको आदेश भन्दै राति साढे १० बजे झाक्कलझुक्कल गरेर मध्यरात पोखरा ल्याइयो
कैलालीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु
कैलालीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु
मुग्लिङ्ग नारायणगढ सडकको दुराबस्थाका कारण भरतपुर विमानास्थलमा उडान संख्या थपिए
मुग्लिङ्ग नारायणगढ सडकको दुराबस्थाका कारण भरतपुर विमानास्थलमा उडान संख्या थपिए
कोरोना संक्रमितको धौलागिरि अस्पतालमा उपचार हुँदै
कोरोना संक्रमितको धौलागिरि अस्पतालमा उपचार हुँदै
रुपन्देही-२: एमाले ह्याट्रिक दाउमा, कांग्रेस कमब्याकको कसरतमा
रुपन्देही-२: एमाले ह्याट्रिक दाउमा, कांग्रेस कमब्याकको कसरतमा
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
राप्रपाले सरकार छाड्ने , प्रधानन्यायाधीश महाअभियोग प्रकरण !
राप्रपाले सरकार छाड्ने , प्रधानन्यायाधीश महाअभियोग प्रकरण !
अबदेखि श्रम स्वीकृति लिन काठमाडौं धाइरहनु नपर्ने
अबदेखि श्रम स्वीकृति लिन काठमाडौं धाइरहनु नपर्ने
साफ च्याम्पियनसिप : नेपाललाई आज जित्नै पर्ने दबाब
साफ च्याम्पियनसिप : नेपाललाई आज जित्नै पर्ने दबाब
आज शनिबार, यस्तो छ तपाईंको राशिफल
आज शनिबार, यस्तो छ तपाईंको राशिफल