कोमाबाटै सेवानिवृत्त हुँदै डिआइजी श्रेष्ठ

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १३, २०७६
|
|
३६ पटक हेरिएको
Shares
कोमाबाटै सेवानिवृत्त हुँदै डिआइजी श्रेष्ठ

सारांश

  • रिपोर्टर्स नेपाल, १३ पौष ।
  • डिआइजी राजेन्द्रमान श्रेष्ठ ।
  • तीन वर्ष यता कोमामा छन् ।

रिपोर्टर्स नेपाल, १३ पौष । डिआइजी राजेन्द्रमान श्रेष्ठ । तीन वर्ष यता कोमामा छन् । १५ साउन २०७३ मा ब्याडमिन्टर खेल्दा खेल्दै ढलेर बेहोस भएका उनको मस्तिष्क निष्कृय भयो । शरीरको सबै अङ्ग भने चलेको छ ।

श्रेष्ठ प्रहरी सेवामा प्रवेश गरे देखि नै होनहार अधिकृतका रुपमा चिनिन्थे । उनी जहाँ जहाँ खटिए त्यहाँ खुबी देखाएर बिदा भए । तर, एसएसपी भई पूर्व क्षेत्रमा खटिंदा उत्कृष्ट कार्य गर्दा गर्दै कोमा अवस्थामा काठमाडौं ल्याइए ।

आइजीपी सर्वेन्द्र खनालका ब्याची श्रेष्ठ एसएसपीमा बढुवा हुँदा रमेश खरेल, सर्वेन्द्र खनाल पछि तेस्रो नम्बरमा थिए । कोमामा पुगेपछि उनको एक नम्बरको डिआइजी बन्ने दौड रोकिएको थियो । खरेल र खनालबीचको दौडमा खनालले बाजी मारे । खरेलले राजीनामा दिएर आइजीपीको दौड छाडे । आइजीपीको दौडमा सर्वेन्द्र खनाल र कुनैबेला चौंथो नम्बरमा रहेका एसएसपी पुष्कर कार्की देखिए । बाजी खनालले नै मारे ।
श्रेष्ठ कोमामा पुगेबाट आइजीपी बन्ने सम्भावनामा पूर्ण्विरोम लाग्यो । उनी स्वस्थ भएको भए आइजीपी या एआइजी निश्चित रुपमा हुन्थे । कोमामा पुगेपछि उनी केही समय एसएसपी नै रहे ।

श्रेष्ठबारे चासो बढेपछि उनलाई नेपाल सरकारले विशेष पद सृजना गरी ५ भदौ २०७४ मा बढुवा सिफारिश गरिए । उनको बढुवाका लागि वर्तमान आइजीपी खनालले विशेष पहल गरेका थिए । गृह मन्त्रालयले नियमावली संशोधन गरेर भएपनि विशेष परिस्थिति भन्दै मन्त्रिपरिषदले बढुवा गरेको थियो ।

आइजीपी खनालका ब्याची श्रेष्ठ कोमामा हुँदै २९ माघ २०७६ मा सेवानिवृत्त हुँदैछन् । कोमामा रहेकाले उनले डिआइजीमा बढुवा भएको जानकारी पाएनन् । सेवानिवृत्त भएको जानकारी पाउन उनी कोमाबाट उठ्नुपर्ने हुन्छ । त्यसैले श्रेष्ठ कोमामै सेवानिवृत्त हुने देखिदैछ ।

श्रेष्ठको उपचार प्रहरी अस्पतालमा भइरहेको छ । तीन वर्षयता कोमामा रहेपनि उनको परिवारले उठ्ने आशा राखेकै छ । कोमामा पुग्नु अघि डिआइजी राजेन्द्रमान श्रेष्ठ खेलप्रेमी थिए । नियमित पाँच किलोमिटर दौडन्थे । पाँच किलोमिटर नदौडिई चित्त बुझ्दैन भन्थे । नियमित ब्याडमिन्टन खेल्ने श्रेष्ठको स्थायी घर बाँके हो । २०४६ सालमा प्रहरी निरीक्षकबाट सेवारम्भ गरेका उनी कहिले विवादमा परेनन् । विदेशमा समेत देशको प्रतिनिधित्व गरेर पुग्दा अब्बल अधिकृतको परिचय बनाए

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जोखिममा रहेका सिन्धुपाल्चोकका बस्ती स्थानान्तरण गर्न ३२ करोड लाग्ने
जोखिममा रहेका सिन्धुपाल्चोकका बस्ती स्थानान्तरण गर्न ३२ करोड लाग्ने
दसैं सुरक्षाका लागि प्रहरीको २४सै घण्टा २७ वटा क्विक रेस्पोन्स टिम परिचालन
दसैं सुरक्षाका लागि प्रहरीको २४सै घण्टा २७ वटा क्विक रेस्पोन्स टिम परिचालन
जेठ ३१ गते शनिबारको राशिफल यस्तो छ
जेठ ३१ गते शनिबारको राशिफल यस्तो छ
पर्वतमा २२ उम्मेदवारको जमानत जफत
पर्वतमा २२ उम्मेदवारको जमानत जफत
दाङ-२ मा रास्वपाको क्लिन स्विप: शंकर पोख्रेललाई २८ हजार मतान्तरले हराउँदै विपिन आचार्य विजयी
दाङ-२ मा रास्वपाको क्लिन स्विप: शंकर पोख्रेललाई २८ हजार मतान्तरले हराउँदै विपिन आचार्य विजयी
अख्तियार घेर्न पुगेका साझा पार्टीका दर्जनौं नेतारकार्यकर्ता पक्राउ
अख्तियार घेर्न पुगेका साझा पार्टीका दर्जनौं नेतारकार्यकर्ता पक्राउ
सवारी चालक अनुमति पत्र व्यवस्थाको माग गर्दै बहिरा नागरिक सडकमा
सवारी चालक अनुमति पत्र व्यवस्थाको माग गर्दै बहिरा नागरिक सडकमा
तीन वर्षपछि चिज उद्योग पुनः सञ्चालनमा
तीन वर्षपछि चिज उद्योग पुनः सञ्चालनमा
यातायात व्यवस्था कार्यालयका निमित्त कार्यालय प्रमुख पक्राउ
यातायात व्यवस्था कार्यालयका निमित्त कार्यालय प्रमुख पक्राउ
एमाले अध्यक्ष मण्डलको निधन
एमाले अध्यक्ष मण्डलको निधन

तपाईंले छुटाउनुभयो कि?