अख्तियार घेर्न पुगेका साझा पार्टीका दर्जनौं नेतारकार्यकर्ता पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २४, २०७६
|
|
२० पटक हेरिएको
Shares
अख्तियार घेर्न पुगेका साझा पार्टीका दर्जनौं नेतारकार्यकर्ता पक्राउ

सारांश

  • काठमाडौं, २४ माघ ।
  • अख्तियार दुरुपयोग अनुशन्धान आयोगको मुख्यालय घेर्न पुगेका साझा पार्टीका नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
  • अख्तियारविरुद्ध नाराबाजी गर्दै आयोगको मुख्यालय टंगाल पुगेका साझाका एक दर्जन नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

काठमाडौं, २४ माघ । अख्तियार दुरुपयोग अनुशन्धान आयोगको मुख्यालय घेर्न पुगेका साझा पार्टीका नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । अख्तियारविरुद्ध नाराबाजी गर्दै आयोगको मुख्यालय टंगाल पुगेका साझाका एक दर्जन नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

साझाका प्रदेश नम्बर ३ का संयोजक समिक्षा बाँस्कोटासहित एक दर्जन तो ताथ कार्यकर्ताहरु आज विभिन्न प्लेकार्ड बोकेर अख्तियार पुगेका थिए । उनीहरुले अख्तियार ठूला नेताहरुको भर्तीकेन्द्र भएको आरोप लगाएका छन् । उनीहरुले ‘हचुवाको भरमा कारबाही गरेको र कारबाही नगर्नुपर्ने मान्छेलाई कारबाही गरिएको’ जस्ता नारा लगाएका थिए ।

उनीहरुले एक देशमा दुई कानून मान्य नहुने, ठूला नेतालाई उन्मुक्तिको उपहार, यस्तो पाराले कसरी चल्छ अख्तियार ?’ जस्ता नारा लगाएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?