‘नेपालीले पाएको कष्टका विषयमा मोदीले दुःख व्यक्त गरेको भए राम्रो हुन्थ्यो’

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३०, २०७५
|
|
२१ पटक हेरिएको
Shares
‘नेपालीले पाएको कष्टका विषयमा मोदीले दुःख व्यक्त गरेको भए राम्रो हुन्थ्यो’

सारांश

  • वैशाख ३०, काठमाण्डौ ।
  • भारतका लागि नेपालका पूर्व राजदुत दिपकुमार उपाध्यायले नेपाल भ्रमणका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आत्मस्विकारोक्ति गरेको बताएका छन् ।
  • नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा  कुरा गर्दै उपाध्यायले नेपाल भ्रमणका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले धेरै राम्रा कुराहरु गरेर आत्मस्विकारोक्ति गरेको बताए ।

वैशाख ३०, काठमाण्डौ । भारतका लागि नेपालका पूर्व राजदुत दिपकुमार उपाध्यायले नेपाल भ्रमणका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आत्मस्विकारोक्ति गरेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा  कुरा गर्दै उपाध्यायले नेपाल भ्रमणका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले धेरै राम्रा कुराहरु गरेर आत्मस्विकारोक्ति गरेको बताए ।

भारतका कारण नेपाली जनताले पाएको कष्टका विषयमा दुःख प्रकट गरिदिएको भए सुनमा सुगन्ध हुने उपाध्यायले बताएका छन् ।

“नेपाली जनताले पाएको दुःखका बारेमा केही नबोलेका कारण सामाजिक संजालमा आरोप लगाउने ठाउँ पाएका छन् । यसलाई पनि चिर्न सक्नुपथ्र्यो ।”

सामाजिक संजाल हुने गरेका मोदीले थोरै मात्र बोलिदिएको भए पनि नेपालीहरु खुशी हुने उनको तर्क छ ।

आफु राजदुत भएर भारतमा बस्दा पनि यो सल्लाह दिएको उनको दाबी छ ।

दुई देशबीचको कुटनीतिक सम्बन्धलाई सफल वा असफल भयो भनेर टिप्पणी गर्न नहुने उनले बताएका छन् । “कुटनीतिमा कहिले को असफल भएका छ र ? जहिले पनि सफल हुन्छ ।” उनले भने ।

भारतमा मोदी प्रधानमन्त्री हुनुभन्दा अघि १७ वर्षसम्म प्रशासनिक तहमै सम्बन्ध सिमिति भएकोमा मोदी प्रधानमन्त्री भएपछि प्रधानमन्त्री तहमा नै भ्रमण हुन थालेकाले यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताए ।

“राजनीतिक तहको सम्बन्ध हुनुपर्छ भनेर मोदीले ब्रेक थ्रु गर्नुभयो । नेपालका समृद्धि र नेपालीको खुशीका लागि भारतको साथ रहन्छ भन्नुभएको छ । यसमै टेकेर हामी अगाडि बढ्नुपर्छ ।” उपाध्यायले भने ।

प्रतिक्रिया

6 कमेन्ट

    Comment Author

    Khadendra Thapa

    हिजो नेपालको राजदुत हुदात नेपालिले दुख पायका छैनन भन थियउत अाज चुनाब हारेपछि ज्ञन अायो

    Comment Author

    Ram Rai

    भन्ने बेलामा भनेनस् अहिले साचिलाे हुने?

    Comment Author

    Jirel Tika

    मोदि आफै बिखारी हो भन्ने थाहा भएपछि यसो गरे हुन्थ्यो उसो गरे हुन्थ्यो,यसो नगरे हुन्थ्यो आदि वाईयत जस्तै लाग्छ किन कि यस्तो जोगिहरुको कुनै बिस्वास छैन !!

    Comment Author

    Thapa Harka

    Rajdut huda subhida ko paxadi desiner baneau.

    Comment Author

    Krishna Chapagain

    Ramro bichar.

    Comment Author

    Hari Prasad Bhandari

    Kutta nakabandi India le lagayako hoina bhaneko hoina pahila

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 6
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?