सोलुदुधकुण्ड नगरपालिकालाई पर्यटकीय नगरी बनाउन नगरबासी एकजुट

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २१, २०७६
|
|
२३ पटक हेरिएको
Shares
सोलुदुधकुण्ड नगरपालिकालाई पर्यटकीय नगरी बनाउन नगरबासी एकजुट

सारांश

  • सोलुखुम्बु जिल्लाको एकमात्र नगरपालिका सोलुदुधकुण्डलाई देशकै प्रमुख पर्यटकीय नगरीका रुपमा स्थापित गर्न जिल्लाबासी तत्पर बनेका छन् ।
  • नगरपालिकाको नगर पर्यटन समितिको आयोजनामा राजधानी काठमाडौँमा आयोजित कार्यक्रममा नगर आसपासका पर्यटन व्यवसायी, राजनीतिक दलका सदस्य, पर्यटनविद्, व्यवसायी, स्थानीय बुद्धिजीवि लगायत सहभागि सोलदुधकुण्ड नगरपालिकालाई पर्यटकीय नगरी बनाउने विषयमा एकमत देखिए ।
  • कार्यक्रममा प्रचुर पर्यटकीय सम्भावना भएको जिल्लाको तल्लो भेगमा पर्ने नगरपालिकालाई कसरी व्यवस्थित र पर्यटकको आकर्षणको केन्द्र बनाउन सकिन्छ भन्ने विषयमा छलफल समेत गरियो ।

सोलुखुम्बु जिल्लाको एकमात्र नगरपालिका सोलुदुधकुण्डलाई देशकै प्रमुख पर्यटकीय नगरीका रुपमा स्थापित गर्न जिल्लाबासी तत्पर बनेका छन् । नगरपालिकाको नगर पर्यटन समितिको आयोजनामा राजधानी काठमाडौँमा आयोजित कार्यक्रममा नगर आसपासका पर्यटन व्यवसायी, राजनीतिक दलका सदस्य, पर्यटनविद्, व्यवसायी, स्थानीय बुद्धिजीवि लगायत सहभागि सोलदुधकुण्ड नगरपालिकालाई पर्यटकीय नगरी बनाउने विषयमा एकमत देखिए ।

कार्यक्रममा प्रचुर पर्यटकीय सम्भावना भएको जिल्लाको तल्लो भेगमा पर्ने नगरपालिकालाई कसरी व्यवस्थित र पर्यटकको आकर्षणको केन्द्र बनाउन सकिन्छ भन्ने विषयमा छलफल समेत गरियो । सरकारले घोषणा गरेको भ्रमण वर्षकै सेरोफेरोमा जिल्लाको एकमात्र नगरपालिकालाई पर्यटकीय नगरीको रुपमा स्थापित गर्ने अभियान थालिए सरकारको कदमलाई समेत सहयोग पुग्ने नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाले दावी गरे ।

सञ्चारकर्मी ल्हाक्पा शेर्पा निर्देशित जिल्लाका प्रमुख पर्यटकीय स्थलको बारेमा निर्माण गरिएको डक्यूमेन्ट्री ‘गन्तव्य सोलु’ समेत प्रदर्शन गरिएको थियो । कार्यक्रममा छिरिङ शेर्पा र लाक्पा तेन्जि लामाले नगरपालिकाको पर्यटकीय अवसर र सम्भावनालाई समेटेर तयार पारिएको विस्तृत योजना प्रस्तुत गरेका थिए । पूर्वमन्त्री बलबहादुर केसी, पूर्वराज्यमन्त्री याङ्कीला शेर्पा लगायतको उपस्थिति कार्यक्रममा रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?