एमाले नेताको अगुवाईमा मोसो र जुत्ताको माला लगाएर गाउँ निकाला !
सारांश
- मोरङ, पुस १५ ।
- दोस्रो विवाह गरेका एक जोडीलाई एमाले नेताको अगुवाईमा निर्धात कुटपिट गर्दै मोसो र जुत्ताको माला लगाएर गाउँ निकाला गरिएको छ ।
- मोरङको रंगेली नगरपालिका ५ आँपगाछीमा स्थानीय युवा राजकुमार ठाकुर र सोही ठाउँकी सरदार थरकी महिलालाई दोस्रो विावह गरेर गाउँ समाजको थितिमा खलल पारेको आरोपमा स्थानीय एमाले नेता दिनेश ठाकुरको अगुवाईमा दुवैलाई कुटपिट गर्दै मोसो दलेर जुत्ताको माला लगाई गाउँ घुमाएर चरम यातना दिदै गाउँ निकाला गरिएको हो ।
मोरङ, पुस १५ । दोस्रो विवाह गरेका एक जोडीलाई एमाले नेताको अगुवाईमा निर्धात कुटपिट गर्दै मोसो र जुत्ताको माला लगाएर गाउँ निकाला गरिएको छ ।
मोरङको रंगेली नगरपालिका ५ आँपगाछीमा स्थानीय युवा राजकुमार ठाकुर र सोही ठाउँकी सरदार थरकी महिलालाई दोस्रो विावह गरेर गाउँ समाजको थितिमा खलल पारेको आरोपमा स्थानीय एमाले नेता दिनेश ठाकुरको अगुवाईमा दुवैलाई कुटपिट गर्दै मोसो दलेर जुत्ताको माला लगाई गाउँ घुमाएर चरम यातना दिदै गाउँ निकाला गरिएको हो । नेता दिनेश ठाकुर एमालेका रंगेली नगर कमिटीका अध्यक्ष हुन् ।
चरम अमानवीय यातना दिएको अरोपमा प्रहरीले रंगेली ५ का आमगाछीका कुलानन्द, गोबद्धन, जयप्रकाश, रंजितकुमार, सतिश र मायानन्द ठाकुरलाई शुक्रबारै पक्राउ गरेको छ । तर, चरम यातना दिनका लागि नेतृत्व लिने एमाले नेता दिनेश चाँही अझै सम्म फरार छन् ।
शुक्रबार १४ पुस अपरान्ह्र घटनामा संलग्नहरुलाई पक्राउ गरेको खबर पाउन साथ नेता ठाकुर फरार रहेको ईप्रका रंगेलीका ईन्स्पेक्टर संन्दिपबाबु खडकाले बताए । उनका अनुसार, पक्राउ गरिएका सबैलाई कुटपिट र सार्वजनिक अपराधमा मुद्दा दर्ता गराउने र फरारको खोजी भैरहेको छ ।
कुटपिट र अमानविय यातानाबाट गम्भिर घाइते भएका पिडित युवक राजकुमारलाई आफन्तले उपचारकालागि भारत लगेका छन । घाइते महिला भने स्थानिय अस्पतालमा उपचारपछि प्रहरीको सुरक्षामा माइतमै बसेकी छन ।
यसरी भएको थियो घटना
रंगेली नपा ५ आमागाछीस्थित ठाकुर टोल निवासी बैदेशिक रोजगारमा गएका गुलाबचन्द सरदारकी पत्नी रहेकी ३० वर्षीया एक विवाहित महिला र सोही ठाउँका विवाहित ३२ वर्षीय राजकुमार ठाकुरबीच प्रेम सम्बन्ध थियो ।
यसैले चार महिना पहिले नै उनीहरुले विावह गरेका थिए । विवाह पश्चात उनीहरु बिरगन्ज बस्दै आएका थिए । केही दिन पहिले महिला आफनो माईतीमा आएकी थिइन् ।
यता समस्या समाधान गर्न भन्दै समाजले बिरगन्जमा शैलुन संचालन गरेर बसिरहेका राजकुमारलाई गाउँमा बोलाएको थियो । १४ पुस शुक्रबार केटा र केटीलाई बोलाएर एमाले नेता दिनेश ठाकुरको रोहवरमा छलफल थालिएको थियो ।
एमाले नेता ठाकुरले गाउँको थिति बिगारेको निष्कर्ष निकालेपछि सर्मथकहरुले नेता ठाकुरकै अगुवाईमा दुबैलाई मोसो दलेर जुत्ताको माला गाउँ निकाला गरेका थिए । मोसो दलेर एक किलोमिटरसम्म कुदाउँदै गाउँ निकाला गरेको देखेपछि स्थानीयहरुले प्रहरीलाई खवर गरेका थिए ।
प्रहरीले तुरुन्त घटना स्थल पुगेर पीडितहरुलाई उद्धार गरेको थियो । एमाले नेताकै नेतृत्वमा अमानवीय यातना र कुटाईबाट गम्भीर घाइते भएका राजकुमारको सुरक्षा समस्या हुने भन्दै आफन्तले उपचारका लागि भारततर्फ लगेका छन् । महिलाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । नयाँपत्रिका
प्रतिक्रिया