सुन सहित दुई युवक पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ३०, २०७५
|
|
२३ पटक हेरिएको
Shares
सुन सहित दुई युवक पक्राउ

सारांश

  • काठमाडौ,साउन,३०।
  • त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल बाट सुनसहित दुई युवक पक्राउ परेका छन्।
  •  विमानस्थलको कार पार्किङ एरियाबाट बिदेशबाट आगमन भएका यात्रुहरुलाई भंसार छली गर्न लगाई अवैध रुपमा सुन संकलन गरी लैजादै गर्दा २ सय ४९ ग्राम सुनका बाला सहित मंगलबार प्रहरीले  २ जनालाई पक्राउ गरेको हो।

काठमाडौ,साउन,३०। त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल बाट सुनसहित दुई युवक पक्राउ परेका छन्। विमानस्थलको कार पार्किङ एरियाबाट बिदेशबाट आगमन भएका यात्रुहरुलाई भंसार छली गर्न लगाई अवैध रुपमा सुन संकलन गरी लैजादै गर्दा २ सय ४९ ग्राम सुनका बाला सहित मंगलबार प्रहरीले  २ जनालाई पक्राउ गरेको हो। बरामद सुनको मूल्य करिब १२ लाख रुपैयाँ रहेको छ।

पक्राउ पर्नेहरुमा  कल्याणपुर नगरपालिका-३, सिरहा बस्ने सन्तोष कुमार चौधरी र सिरहाकै  अर्नमा गाउँपालिका-५ घर भएका रामबृक्ष यादव रहेका छन्।

चौधरीलाई १ सय ४९ ग्रामको ३ थान बाला सहित र यादवलाई १ सय ग्रामको २ थान बाला सहित प्रहरीले पक्राउ गरेको हो। उनीहरुमाथि विमानस्थलस्थित भन्सार कार्यालयले थप कारबाही अघि बढाएको छ।

(https://www.newsoftwares.net/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?