विवाहै नगरी आमा
सारांश
- मुम्बई, माघ २९ ।
- बलिउड नायिका कल्की कोलचिन विवाहै नगरी आमा बनेकी छिन्।
- उनी गाय हर्षबर्गसँगका प्रेममा छिन्।
मुम्बई, माघ २९ । बलिउड नायिका कल्की कोलचिन विवाहै नगरी आमा बनेकी छिन्। उनी गाय हर्षबर्गसँगका प्रेममा छिन्। यी जोडीको बिहे भने भइसकेको छैन। विवाह नभए पनि उनले आफू आमा बन्ने तयारीमा रहेको आफैंले सार्वजनिक गरेकी थिइन्। ३६ वर्षीय कल्कीले गोवाको एक अस्पतालमा छोरी जन्माएकी हुन्।
उनको पहिलो विवाह बलिउड फिल्म निर्माता अनुराग कश्यपसँग सन् २०११ मा भएको थियो। तर ती दुवैको सम्बन्धमा मतभेद भएपछि २०१५ मा सम्बन्धविच्छेद भएको थियो। कल्कीका प्रेमी पियानोइस्ट हर्षबर्ग इटलीका हुन्। एजेन्सी
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया