इजरायली दूताबासले दियो बालबालिकालाई ह्वीलचियर
सारांश
- काठमाडौं ।
- काठमाडौंस्थित इजरायली राजदूतावासले स्वतन्त्रता दिवस मनाउन छुट्याइएको रकमबाट अपांगता भएका बालबालिकाहरुलाई ह्वीलचियर वितरण गरेको छ ।
- इजरायली राजदूतावासद्वारा काठमाडौमा आयोजित एक समारोहमा बालबालिकाको लागि तयार पारिएको ४० वटा ह्वीलचियर परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वितरण गरेका छन् ।
काठमाडौं । काठमाडौंस्थित इजरायली राजदूतावासले स्वतन्त्रता दिवस मनाउन छुट्याइएको रकमबाट अपांगता भएका बालबालिकाहरुलाई ह्वीलचियर वितरण गरेको छ । इजरायली राजदूतावासद्वारा काठमाडौमा आयोजित एक समारोहमा बालबालिकाको लागि तयार पारिएको ४० वटा ह्वीलचियर परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वितरण गरेका छन् ।

अपांगता भएका बालबालिकाहरुको हिंडडुलमा पहुँच, आत्मनिर्भरता बढाउँदै सहज जीवनमा सहजता ल्याउने उद्देश्यले ह्वीलचियर वितरण गरेको बताएको छ । लायन्स क्लव काठमाडौ डिस्ट्रिक्ट र करुणा फाउन्डेसन नेपालले इजरायली राजदूतावाससँग हातेमालो गरेको छ ।
प्रमुख अतिथि मन्त्री ज्ञवालीले ह्वीलचियरले बालबालिकालाई हिडडुलमा सघाउने बताए । दुई देशबीच स्थापनाकालदेखि नै सम्बन्ध रहेको उल्लेख गरे । नेपालको सामाजिक, आर्थिक विकासमा इजरायल सरकारद्वारा निरन्तर प्राप्त सहयोगको सहना समेत गरे ।

भूकम्पपछि चिकित्सको ठूलो टोली खटाएर अस्पताल उपचार गरेको सम्झँदै मन्त्री ज्ञवालीले इजरायलको प्रशंसा गरे । कार्यक्रममा इजरायली राजदूत बेन्नी ओमेरले मानवीय कार्यमा राजदूतावासले केही सहयोग गरेकामा सन्तुष्ट व्यक्त गरे । विशेष खालको, हलुका र आरमदायी ह्वीलचियरले बालबालिका स्वतन्त्र रुपमा डुल्नसक्ने क्षमता, विश्वास बढ्ने बताए ।
लायन्सका डिस्ट्रिक्ट गभर्नर सुदर्शनधर प्रधानांगले सन् १९१७ मा “हामी सेवा गर्छौ” भन्ने मूल नारा सहित स्थापना भएको लायन्सले विश्वभर २०४ देशमा रहेका आप्mना १४ लाख सदस्यमार्फत सेवाप्रदान भएको बताए ।
कार्यमा करुणा फाउण्डेशन नेपालका उपाध्यक्ष डा. भगवान कोइरालाले बालबालिका अपांगता हुनबाट बचाउन परिवारको जीवनस्तरमा सुधार्नुपर्ने बताए । नेपालमा अपांगता भएका व्यक्तिलाई वातावरणीय, व्यवहारिक अवरोधहरु सामना गर्नु मुख्य चुनौती भएको बताए ।


प्रतिक्रिया