बाँस्कोटाको राजीनामाले मात्र पुग्दैन् : महत

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ९, २०७६
|
|
१८ पटक हेरिएको
Shares
बाँस्कोटाको राजीनामाले मात्र पुग्दैन् : महत

सारांश

  • बीरगन्ज, ९ फागुन ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले पार्टीका नेताको व्यक्तिवादी सोचलाई आम कार्यकर्ताले नकारेपछि काँग्रेसभित्र व्यक्तिवादी सोच मत्थर हुँदै गएको बताएका छन ।
  • उनले व्यक्तिगत स्वतन्त्रताको परिधिलाई पार गर्दै बेलाबखत पार्टी्िभत्र देखिने नेताको व्यक्तिवादी चरित्रलाई आम कार्यकर्ताले नामन्जुर गरेपछि नेताहरु विस्तारै सच्चिँदै गएको बताए ।

बीरगन्ज, ९ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले पार्टीका नेताको व्यक्तिवादी सोचलाई आम कार्यकर्ताले नकारेपछि काँग्रेसभित्र व्यक्तिवादी सोच मत्थर हुँदै गएको बताएका छन ।

उनले व्यक्तिगत स्वतन्त्रताको परिधिलाई पार गर्दै बेलाबखत पार्टी्िभत्र देखिने नेताको व्यक्तिवादी चरित्रलाई आम कार्यकर्ताले नामन्जुर गरेपछि नेताहरु विस्तारै सच्चिँदै गएको बताए । नेपाल प्रेस युनियन पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता महतले पार्टीको विचार र विधानविरुद्ध गई आफू अनुकूलको व्यक्तिवादी चरित्र प्रदर्शन गर्ने नेतालाई विचार र पार्टीलाई केन्द्रविन्दुमा राख्न अघि बढ्न खबरदारी गरेपछि व्यक्ति केन्द्रित सोच मत्थर हुँदै गएको प्रष्ट पारे ।

उनले रु ७० करोड कमिसन प्रकरणको स्वतन्त्र र निष्पक्षरूपमा छानबिन गर्नुपर्ने धारणा व्यक्त गरे । उनले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको राजीनामाले मात्र नपुग्ने भएकाले यस कमिसन प्रकरणको तल्लो तहसम्म स्वतन्त्र तथा निष्पक्ष छानबिन आवश्यक रहेको बताए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    AffiliateLabz

    Great content! Super high-quality! Keep it up! 🙂

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?