मतदाता नामावलीमा सात हजारको नाम

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १५, २०७४
|
|
२० पटक हेरिएको
Shares
मतदाता नामावलीमा सात हजारको नाम

सारांश

  • पोखरा, १५ साउन ।
  • क्षेत्रीय निर्वाचन कार्यालय कास्कीमा गत दुई हप्तामै सात हजार ७६४ जनाले तस्बिरसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
  • यही साउन १ देखि १४ गतेसम्म तीन हजार ७९६ महिला र तीन हजार ४०९ पुरुषले मतदाता नामावलीमा नाम दर्ता गराएको क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले जानकारी दिनुभयो ।

पोखरा, १५ साउन । क्षेत्रीय निर्वाचन कार्यालय कास्कीमा गत दुई हप्तामै सात हजार ७६४ जनाले तस्बिरसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

यही साउन १ देखि १४ गतेसम्म तीन हजार ७९६ महिला र तीन हजार ४०९ पुरुषले मतदाता नामावलीमा नाम दर्ता गराएको क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले जानकारी दिनुभयो । आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई ध्यानमा राख्दै निर्वाचन आयोगले मतदाता नामावली संकलन अभियान शुरु गरेपछि कास्कीमा मतदाताको उत्साहजनक सहभागिता रहँदै आएको छ ।

पछिल्ला दिनमा भने नाम दर्ता गराउनेको भीड बढ्दै गएको देखिन्छ । साउन ११ गते ८२९ र साउन १२ गते ८६३ ले नाम दर्ता गराएका छन् । बुढाबूढी, अपांगता भएका, विदेशबाट घर फर्केका, बसाइँसराइबाट पोखरा आएका र नाम दर्ता गर्न छुट भएका मतदाता विशेष चासोका साथ पोखरा लेखनाथ महानगरपालिकाको पार्दीस्थित क्षेत्रीय निर्वाचन कार्यालयमा आएर नाम दर्ता गर्न गराउन आएको अधिकारी सुवेदीले बताउनुभयो ।

साउन १५ गतेसम्म कार्यालयमा र साउन १६ गतेदेखि चार गाउँपालिकाको सदरमुकामबाट तथा महानगरपालिकाका ३३ वटै वडाको भने क्षेत्रीय निर्वाचनको कार्यालयबाटै नामावली दर्ता हुँदैछ । कार्यालयले सो अवधिमा त्रुटि सच्चाउने तथा ठाउँ परिवर्तन र मृत्यु भएकाको मतदाता नामावलीबाट नाम हटाउने काम पनि गर्ने बताइएको छ । एक महानगरपालिका र चार गाउँपालिका रहेको कास्कीमा असार मसान्तसम्म दुई लाख २४ हजार ८११ मतदाता संख्या थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?