बाढीपहिरोबाट तीस करोड क्षति

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ११, २०७५
|
|
४१ पटक हेरिएको
Shares
बाढीपहिरोबाट तीस करोड क्षति

सारांश

  • मुसिकोट, ११ असोज ।
  • यस वर्षको बाढीपहिरोबाट रुकुम पश्चिममा रु ३० करोडभन्दा बढी क्षति भएको छ ।
  • जिल्ला विपद् व्यवस्थापन समिति रुकुम पश्चिमले जिल्लाका ६ स्थानीय तहबाट लिएको जानकारीअनुसार रु ३० करोड १५ लाख ८२ हजार रकम क्षति भएको पाइएको हो ।

मुसिकोट, ११ असोज ।यस वर्षको बाढीपहिरोबाट रुकुम पश्चिममा रु ३० करोडभन्दा बढी क्षति भएको छ ।जिल्ला विपद् व्यवस्थापन समिति रुकुम पश्चिमले जिल्लाका ६ स्थानीय तहबाट लिएको जानकारीअनुसार रु ३० करोड १५ लाख ८२ हजार रकम क्षति भएको पाइएको हो । बाढीपहिरोबाट सबैभन्दा बढी मुसिकोट नगरपालिकामा रु सात करोड दुई लाख १२ हजार बराबरको क्षति भएको छ । यहाँका १५ घर पूर्णरुपमा क्षति भएको र ५१ घरमा आंशिक क्षति पुगेको नगरपालिकाले जनाएको छ ।

आठविसकोट नगरपालिकामा ३१ घर पूर्णरुपमा क्षतिग्रस्त भएको र १७ घरमा आंशिक क्षति पुगेको छ । यस नगरपालिकामा रु ६ करोड ४३ लाख ३१ हजार क्षति भएको बताइएको छ । चौरजहारी नगरपालिकामा चार वटा घरमा पूर्णरुपमा क्षति पुगेको र २९ घरमा आंशिक क्षति भई रु दुई करोड ५९ लाख ६८ हजार बराबरको क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

यस्तै जिल्लाको सानीभेरी गाउँपालिकामा सात वटा घर पूर्णरुपमा क्षति भएको, १० वटा घरमा आंशिक क्षति भएको र जम्मा ६ करोड ५० लाख पाँच हजार बराबरको क्षति भएको गाउँपालिकाले जनाएको छ । यहाँको त्रिवेणी गाँउपालिकामा भने दुई वटा घरमा पूर्णरुपमा क्षति पुगेको र ६६ वटा घरमा आंशिक क्षति भएको छ । यस गाउँपालिकामा चार करोड चार लाख ६० हजार बराबरको क्षति भएको जानकारी दिइएको छ । सबैभन्दा कम बाँफिकोट गाउँपालिकामा दुई करोड ५१ लाख ३६ हजारको क्षति भएको छ । यहाँका १० घर पूर्णरुपमा क्षति भएको र ३४ वटा घरमा आंशिक क्षति पुगेको गाउँपालिकालेब बताएको छ ।

यस वर्षको वर्षासँगै आएको बाढीपहिरोले मानवीय क्षति नभए पनि बाढीपहिरोबाट जिल्लामा ३० करोडभन्दा बढीको क्षति हुनु दुःखद भएको प्रजिअ शम्भुप्रसाद रेग्मीले बताउनुभयो । यहाँको क्षतिको सबै विवरण गृह मन्त्रालय र कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयमा पठाइएको प्रजिअ रेग्मीले बताउनुभयो । उहाँका अनुसार आठविसकोट नगरपालिकाको ३१ घरपरिवारका लागि प्रतिघर ५० हजारको दरले राहत आइसकेको र केही दिनमा उक्त रकम वितरण गरिने बताइएको छ । अन्य स्थानीय तहमा भएको क्षतिको विवरण पनि पठाई सकिएको र राहत माग गरिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोबाइलको पल्स घट्यो:अब कुराकानी गर्दा तपाइँको पैसा यसरी जोगिन्छ
सबै नीतिमा स्वास्थ्यलाई समावेश गर्ने १५औँ योजनाको लक्ष्य
सबै नीतिमा स्वास्थ्यलाई समावेश गर्ने १५औँ योजनाको लक्ष्य
संविधान दिवस सन्दर्भः आमाका नामबाट नागरिकता लिन सजिलो हुनुपर्ने माग
संविधान दिवस सन्दर्भः आमाका नामबाट नागरिकता लिन सजिलो हुनुपर्ने माग
विवाह नहुँदै आमा बन्न बाध्य छन् किशोरी
विवाह नहुँदै आमा बन्न बाध्य छन् किशोरी
प्राचीन सारस्वरनाथ महादेव मन्दिरबाट चाँदीको जलहरी र दानपेटिका चाेरी
प्राचीन सारस्वरनाथ महादेव मन्दिरबाट चाँदीको जलहरी र दानपेटिका चाेरी
सांसदहरुको बिदाइमा नेताको सम्बोधन,सभामुखको रात्रिभोज,सांसदले पाउने भए स्थायी लोगो;
सांसदहरुको बिदाइमा नेताको सम्बोधन,सभामुखको रात्रिभोज,सांसदले पाउने भए स्थायी लोगो;
गेटा मेडिकल कलेजः सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रारुपमा सञ्चालन हुने
गेटा मेडिकल कलेजः सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रारुपमा सञ्चालन हुने
राष्ट्रपति भण्डारीद्वारा कृष्ण मन्दिर दर्शन
राष्ट्रपति भण्डारीद्वारा कृष्ण मन्दिर दर्शन
नेपाल–भारत परराष्ट्रसचिवस्तरीय बैठक सम्पन्न
नेपाल–भारत परराष्ट्रसचिवस्तरीय बैठक सम्पन्न
निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सर्वोच्च अदालतले लगायो रोक