अभिनयमा पुनरागमन गर्दै अभिनेता राजबल्लभ

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २९, २०७९
|
|
४० पटक हेरिएको
Shares
अभिनयमा पुनरागमन गर्दै अभिनेता राजबल्लभ

सारांश

  • काठमाडौं ।
  • सन् २००७ मा चलचित्र ‘पर्खि बसेँ’बाट अभिनयको सुरूआत गरेका अभिनेता राजबल्लभ कोइरालाले ‘कामिनो’ मा अभिनय र्गनु हुने भएको छ ।
  • पछिल्लो समय ‘हाइवे टु धम्पुस’मा देखापरेका उनले झण्डै १० वर्षपश्चात अभिनय गर्दै हुनुहुन्छ ।

काठमाडौं । सन् २००७ मा चलचित्र ‘पर्खि बसेँ’बाट अभिनयको सुरूआत गरेका अभिनेता राजबल्लभ कोइरालाले ‘कामिनो’ मा अभिनय र्गनु हुने भएको छ । पछिल्लो समय ‘हाइवे टु धम्पुस’मा देखापरेका उनले झण्डै १० वर्षपश्चात अभिनय गर्दै हुनुहुन्छ । “आफू सुहाउँदो भूमिका पाएँ । र, यो महत्वपूर्ण मध्येको एक हो”, अभिनेता कोइरालाले भने, “मेरो छायाँङकन ब्राजिल र मेक्सिकोमा तय भएको छ ।”

अमेरिकाको क्यालिफोर्निया बसोबास गर्ने अभिनेता कोइरालाले चलचित्रका लागि नेपाल आउने विषयमा माग र आवश्यकतामा आधार रहने बताए । अभिनेता प्रदीप खड्का र अभिनेत्री वर्षा सिवाकोटीपश्चात अभिनेता कोइरालालाई टिममा स्वागत गर्न पाउँदा खुसी लागेको निर्देशक दीपक ओलीले बताए । “हामीलाई चाहिएको लुक्स र कलाकार पाएका छौँ । चलचित्रलाई बिनासम्झौता तयार गर्नेछौँ”, उनले भने, “यसको कथा नै विदेशी भूमिसँग जोडिएकाले छायाङ्कन नै उतै गर्दैछौँ ।”

अभिनेता कोइरालाले अभिनय गरेको गुरु दक्षिणा, छोडी गए पाप लाग्ला, पहिलो पहिलो माया, किन लाग्छ माया, पल, मसान, अपवाद, सो सिम्पल, ६ एकान ६, हाइवे टु धम्पुसलगायतका चलचित्रको चर्चा हुने गर्छ । उनले सात वर्षमा सत्ताइस चलचित्रमा अभिनय गरेका थिए ।

स्पेनिस भाषामा ‘कामिनो’को अर्थ बाटो हो । जोखिमपूर्ण तरिकाले अमेरिका प्रवेश गर्न चाहनेको सङ्घर्षको कथामा निर्माण हुने चलचित्र आउँदो वैशाखबाट छायाँङ्कनमा जाने तयारी रहेको कार्यकारी निर्माता सुनिल विष्ट गौलीले जानकारी दिए । यसमा महेश दबाडीको पटकथा र संवाद, सौरभ लामाको छायाँङ्कन, एसडी योगी र एलिस कार्कीको सङ्गीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहनेछ । नेपाली, हिन्दी, अङ्ग्रेजी र स्पेनिससहित चार भाषामा चलचित्र प्रदर्शन गरिनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रेमी सौगातको जन्मदिन मनाइरहेकै बेला दराज खसेर नायिका सृष्टि श्रेष्ठ घाइते, नर्भिक अस्पतालमा उपचार हुँदै
प्रेमी सौगातको जन्मदिन मनाइरहेकै बेला दराज खसेर नायिका सृष्टि श्रेष्ठ घाइते, नर्भिक अस्पतालमा उपचार हुँदै
साउनको पहिलो सोमबारः भगवान शिवको पुजाआराधना गरि मनाईंदै
साउनको पहिलो सोमबारः भगवान शिवको पुजाआराधना गरि मनाईंदै
गुल्मी अपडेटः पहिरोमा पुरिएर ११ जनाको मृत्यु
गुल्मी अपडेटः पहिरोमा पुरिएर ११ जनाको मृत्यु
कोभिड–१९ विषयमा सर्वोच्च अदालतमा बैठक शुरु
कोभिड–१९ विषयमा सर्वोच्च अदालतमा बैठक शुरु
सरकारलाई प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न हम्मेहम्मे, सर्यो मन्त्रिपरिषद बैठक
विस्तारित मौद्रिक नीति ल्याउन केन्द्रीय बैंकलाई सुझाव
विस्तारित मौद्रिक नीति ल्याउन केन्द्रीय बैंकलाई सुझाव
अछामको रामारोशनको अध्यक्ष र उपाध्यक्ष दुवैमा माअोवादी विजयी `
अछामको रामारोशनको अध्यक्ष र उपाध्यक्ष दुवैमा माअोवादी विजयी `
आइपिएलः खेलाडी किनबेचको समय सकियो, कुन टिमले कसलाई बेचेर कसलाई किने ?
आइपिएलः खेलाडी किनबेचको समय सकियो, कुन टिमले कसलाई बेचेर कसलाई किने ?
प्रदेश सभा सदस्य समानुपातिक तर्फको खर्च र वार्षिक आय–व्यय बुझाउनुस्: आयोग
प्रदेश सभा सदस्य समानुपातिक तर्फको खर्च र वार्षिक आय–व्यय बुझाउनुस्: आयोग
नायक राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजनिक
नायक राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजनिक